राष्ट्रपति विद्यादेवी भण्डारीले वैदिक सत्य सनातन हिन्दु धर्मावलम्बीहरुको पर्व हरितालिका तीजको दिन पशुपतिनाथको दर्शन र पूजा, आराधना गर्नुभएको छ । दर्शनका लागि पशुपतिनाथमा राष्ट्रपति भण्डारीको सुरक्षाका लागि मन्दिर परिसरको सुरक्षा व्यवस्था कडा बनाइएको थियो । हरेक वर्ष भाद्र शुक्ल तृतीयाका दिन हरितालिका तीज मनाउने गरिन्छ। यस वर्ष पनि हिन्दु नारीले हर्षोल्लासका साथ तीज मनाएका छन्। …