काठमाडौं : पूर्व सुरक्षाकर्मी परिषद् नेपालले सरकारी कर्मचारीका ट्रेड युनियन र राजनीतिक दलका भ्रातृ संगठन खारेज गर्न माग गरेको छ। सोमबार निर्वाचन आयोगमा ज्ञापनपत्र बुझाउँदै परिषद्ले स्थानीय तह, प्रदेश र केन्द्रसम्म निजामती सेवाका कर्मचारीको आधिकारिक ट्रेड युनियन र प्रत्येक दलहरूको भ्रातृ संघ संगठन खारेज नगरिए देशको अवस्था सुदृढ हुन नसक्ने जनाएको छ।परिषदका उपाध्यक्ष खगेन्द्रराज बस्नेत र प्रवक्ता हेमशंकर गिरीले प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियालाई भेटेर ज्ञापनपत्र बुझाएका हुन्।पूर्वसुरक