प्रदेश २ सरकार सङ्घीयताको पहरेदार : मुख्यमन्त्री राउत

मुख्यमन्त्री लालबाबु राउतले प्रदेश २ सरकार सङ्घीयताको पहरेदार बनिरहेको बताउनुभएको छ । सोमबार सर्लाहीको बरहथवा नगरपालिका– १७, श्रीपुरमा नवनिर्मित वडा कार्यालय भवनको उद्घाटन गर्दै उहाँले सो कुरा बताउनुभयो । मुख्यमन्त्री राउतले सङ्घीयता समाप्त पार्ने मनसाय बोकेकाहरुले सङ्घीयताको पहरेदार बनिरहेको प्रदेश सरकारविरुद्ध अनेक षड्यन्त्र भइरहेको आरोप समेत लगाउनुभयो ।

सम्बन्धित सामग्री

समानताको पथमा प्रदेश २ सरकार ​: मुख्यमन्त्री राउत

जनकपुरधाम : प्रदेश २ का मुख्यमन्त्री मो. लालबाबु राउत गद्दीले प्रदेशको समृद्धिको लागि हरेक वर्ग, जात धर्म, तह र तप्काबीच समानता ल्याउने बाटोमा प्रदेश सरकार अग्रसर रहेको बताएका छन्। सदियौँदेखि विभेदमा परेको मधेशी, महिला, मुस्लिम, आदिवासी, जनजाति लगायतलाई समाजको मुल धारमा ल्याउने र समानता स्थापको मुख्य उद्देश्यका साथ प्रदेश २ सर...