स्थायी राजधानी कार्यान्वयनका लागि ड्युटी दिन प्रदेशमै भिडेँः मन्त्री चौधरी

सत्ता गठबन्धनको साझा उम्मेदवारका रुपमा रहेका मन्त्री चौधरीले चुनावी दौडधुपलाई बढावा दिइरहेका छन्। उनले आफ्नो जितको प्रमुख आधार आफू सांसद छँदा खेरी र मन्त्री रहँदा गरेका कामहरुलाई मानेका छन्।...

सम्बन्धित सामग्री

लुम्बिनीका मुख्यमन्त्री, मन्त्री र सांसदको दाङबाटै सपथ हुन्छ : मन्त्री चौधरी

नेकपा एकीकृत समाजवादीका नेता एवम् सहरी विकास मन्त्री मेटमणि चौधरीले अब लुम्बिनी प्रदेशका मुख्यमन्त्री, मन्त्री र सांसद सबैको सपथ प्रदेशको स्थायी राजधानी दाङको देउखुरीबाटै हुने बताएका छन् । रातोपाटीसँगको कुराकानीमा बोल्दै चौधरी प्रदेशको सार्वभौम संसदले गरेको निर्णयमा कर्मचारी वा कुनै अमुक नेताहरूको विरोधमा नरोकिने जिकिर गरे ।‘प्रदेशसभाको दुई तिहाई बहुमतले प्रदेशको राजधानी राप्ती उपत्यका दाङ देउखुरीस्थित भालुबाङमा राख्ने निर्णय भइसकेको छ । अब कर्मचारीले आन्दोलन गर्नु/नगर्नुको कुनै अर्थ छैन&r

मन्त्रालय सारिए पनि पुरानो राजधानीबाटै काम

लुम्बिनी प्रदेशको स्थायी राजधानी राप्ती उपत्यका तोकिएको १६ महिना बितिसक्दा पनि राजधानीका केही पनि संरचना स्थायी रुपमा बस्न सकेका छैनन् । आफू मन्त्री नियुक्त भएपछि देउखुरी क्षेत्रका सांसद इन्द्रजित थारुले मङ्सिर २९ गते स्वास्थ्य, जनसङ्ख्या तथा परिवारकल्याण मन्त्रालय सार्नुभएको थियो । राप्ती गाउँपालिका वडा नं ५ को कार्यालय भवनमा मन्त्रालय सारिएको थियो । वडा कार्यालयलाई भने नजिकैको अर्को भवनमा सारिएको थियो । मन्त्रालय देउखुरी सारिएपछि मन्त्री चौधरी र राज्यमन्त्री दाङकै विमलाकुमारी वलीले पदभार ग्रहण गर्नुभएको थियो ।