नयाँ राजनीतिक समीकरणमार्फत माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री बनेसँगै सत्ता गठबन्धनको ध्यान अब शक्ति बाँडफाँडमा केन्द्रित भएको छ । गठबन्धनको अध्यक्षस्तरीय संयन्त्रको बैठकमार्फत शक्ति सन्तुलनसहितको भागबण्डामार्फत सरकार विस्तारदेखि प्रदेश सरकार गठनको गृहकार्यमा दलका शीर्ष नेताहरू केन्द्रित हुने भएका छन् ।एमाले अध्यक्ष केपी शर्मा ओली आज मंगलबार झापा जानुपरेकाले दिउँसो बस्ने भनिएको नेताहरूको बैठक बेलुकासम्मलाई धकेलिएको छ । पहिलो चरणमा प्रधानमन्त्री, राष्ट्रप