पुरानो घरलाई भत्काएर सोही स्थानमा नयाँ घर निर्माण गर्ने सोच्दै हुनुहुन्छ ? पुरानो घर प्रबलीकरण गर्न मिल्ने वा नमिल्ने भन्ने बारेमा प्राविधिकलाई देखाउनुहोस् । प्राविधिकले मिल्ने सल्लाह दिएमा घर निर्माण गर्नुभन्दा प्रबलीकरण गर्दा एक तिहाइ कम खर्च गरे पुग्नुका साथै पुरानो घर उत्तिकै बलियो हुनेछ ।नेपाल आवास पुनर्निर्माण परियोजनाअन्तर्गत भारतीय सरकारको सहयोगमा हरिहर भवनस्थित पुल्चोक इन्जिनियरिङ क्याम्पस, संयुक्त राष्ट्रसङ्घीय विकास कोष (यूएनडीपी) र भवन विभागको संयुक्त सहकार्यमा धक्का मापन (सक टेबल) प