अमेरिकाले पाेल्यान्डमा थप तीन हजार सैनिक पठाउने भएको छ । रुसले युक्रेनमा जुनसुकै बेला आक्रमण गर्न सक्ने भन्दै अमेरिकाले थप सुरक्षा बल खटाउन लागेको हो।
अमेरिकी रक्षामन्त्री लोयड अस्टिनले पाेल्यान्डमा थप तीन हजार सैनिक पठाउन आदेश दिएको पेन्टागनले पुष्टि गरेको समाचार संस्था एएनआईले जनाएको छ । उनीहरु अबका दुई दिनमा फोर्ट ब्रागबाट प्रस्थान गर्नेछन् र अर्को हप्ताको सुरुमा खटाइएको ठाउँमा पुग्नेछन् ।
रुसी विदेश मन्त्रालयका प्रवक्ता मारिया जाखारोभाले अमेरिकी कदम सुरक्षा मामिलामा पहिलेभन्दा थप उग्र भएको टिप्पणी गर्नुभएको छ। साथै उह...