काठमाडौं : भक्तपुरमा गएराति जिब्रो छेड्ने जात्रा मनाइएको छ। येँया अर्थात् इन्द्रजात्राको अवसरमा आश्विन शुक्ल पूर्णिमाको साँझ मध्यपुरथिमिको दिगुली टोलमा जिब्रो छेडेर जात्रा मनाइन्छ। स्थानीयले मनाउने ‘येंया पुन्हिया मेय् प्वाः खनेगु जात्रा अर्थात जिब्रो छेड्ने जात्रा थिमिमा भव्य रूपमा मनाइएको हो। गएराति ८ बजेपछि मध्यपुरथिमि–५ का वीरेन्द्रभक्त गजु श्रेष्ठले दोस्रोपटक जिब्रो छेडाएका छन्। जिब्रो छेड्ने मान्छे दिनभरि निराहार बस्ने र कसैसँग नबोल्ने परम्परा छ। बालकु