झापा । भन्सार छलेर भारतबाट नेपाल भिœयाइँदै गरेको अवस्थामा प्रहरीले दुई दिनमा रू. एक करोड बराबरको अवैध सामग्री बरामद गरेको छ ।
मंगलवार र बुधवार भन्सार छलेर ल्याइँदै गरेको अवस्थामा प्रहरीले बिस्कुट, सुपारी, कपडा र मोटरपार्ट्स (तीनओटा गाडीसहित) गरी उक्त रकम बराबरको सामग्री बरामद गरेको हो । प्रहरीले बुधवार बिर्तामोडबाट भन्सार छलेर ल्याइएको कपडाको ठूलो रोल आठ थान, सानो रोल ३१ थान, मोटर गार्ड पाँच थान, कपडा ठूलो बोरामा दुई बोरा, मोटरपार्ट्स सानो बोरामा तीन बोरा फेला पारेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक वसन्त पाठकले जानकारी दिए । गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरी टोलीले बिर्तामोड–४ स्थित भद्रपुर रोडबाट पार्किङ गरेर राखिएको अवस्थामा डब्लुबी ७४ पी १४५५ नम्बरको कार र को १ ज २४४० नम्बरको पिकअप गाडी चेकजाँच गर्दा उक्त सामग्री बरामद गरेको उनले बताए । रासस