नेपाल टेलिकमले सदर चिडियाखाना, जावलाखेलमा रहेको एउटा बाघ र अन्य जनावर तथा पन्छीका लागि एक वर्षसम्म आहारको प्रायोजन गर्ने भएको छ । यससम्बन्धी सम्झौतापत्रमा आइतबार नेपाल टेलिकमको तर्फबाट प्रमुख व्यावसायिक अधिकृत संगीता पहाडी र सदर चिडियाखाना, जावलाखेलको तर्फबाट निर्देशक रचना शाहले हस्ताक्षर गरेका छन् ।सो अवसरमा राष्ट्रिय प्रकृति संरक्षण कोषका सदस्यसचिव शरद अधिकारी र दुवै संस्थाका अन्य पदाधिकारीहरूको समेत उपस्थिति थियो । नेपाल टेलिकमको प्रमुख व्यावसायिक अधिकृत पहाडीले नेपाल टेलिकम र सदर चिडियाखानाब