विराटनगर : स्थानीय निर्वाचनको मिति नजिकिएसँगै यतिबेला देशैभर चुनावी सरगर्मी बढेको छ।कुन दलको कुन नेताले नेतृत्व सम्हाल्नका लागि टिकट पाउने हो भन्ने बहसको बिषय बनेको छ।टिकट पाइहाले पनि कुन दलले जीत हाँसिल गर्ने हो, भन्ने चासोको विषय बनेको छ।देशैभर चलेको बहस र छलफल यतिबेला प्रदेश १ मा रहेको दुई उपमहानगरपालिकामा पनि नेतृत्वको भाग कसले पाउने हो भन्ने चासो बढ्दै गएको छ।२० वटा वडा रहेको इटहरी उपमहानगरमा अघिल्लाे निर्वाचनमा १२ जना वडाध्यक्ष पदमा नेपाली कांग्रेसबाट जीत हाँसिल गरेका थिए भने ८ जना वड