जुम्ली स्याउको बजारीकरण गर्न आयोजित दोस्रो स्याउ महोत्सव तथा स्याउ प्रदर्शनी प्रतियोगिता सम्पन्न भएको छ । महोत्सवमा ५० जनाभन्दा बढी किसानले स्याउका स्टल राखेका थिए । गोल्डेन, रेड, जोनाथन, चक्लेटी र स्पर जातको स्याउ स्टलमा राखिएको थियो । स्याउको गुणस्तर वृद्धि र बजारीकरणलाई लक्षित गर्दै किसानलाई स्याउ खेतीमा आकर्षित गर्न महोत्सव आयोजना गरिएको बताइएको छ ।