काठमाण्डाै – वायु प्रदूषणको समस्या हरेक वर्ष दोहोरिए पनि त्यसलाई घटाउन सरकारले बनाएको कार्ययोजना कार्यान्वयन हुन सकेको छैन ।
सरकारले उद्योग, यातायात, निर्माणको क्षेत्रबाट हुने प्रदूषण न्यूनीकरणका लागि दुई वर्ष अगाडि नै नीति तथा कार्ययोजना बनाएको थियो । राष्ट्रिय वातावरण नीति–२०७६ ले वायु, जल, माटो, ध्वनीलगायत सबैप्रकारका प्रदूषण रोकथामको उद्देश्य लिएको भए पनि प्रदूषण घट्न सकेको छैन । यतिबेला काठमाण्डौसहित मुख्य शहरमा प्रदूषणको अवस्था अस्वस्थकर छ । उद्योग, कलकारखाना, गाडीमा वातावरण मैत्री प्रविधिको प्रयोगलाई...