विद्युत् उत्पादन बढेसँगै नेपालमा विद्युतीय वस्तुको आयात बढ्न थालेको छ । ४५६ मेगावाट क्षमताको माथिल्लो तामाकोसी जलविद्युत आयोजनाले उत्पादन थालेसँगै नेपालमा बिजुलीको पर्याप्तता छ । यो वर्ष राष्ट्रिय गौरवको आयोजनामा सूचीकृत उक्त आयोजनाबाट बिजुली उत्पादन सुरु भएपछि भारततर्फ ४०० मेगावाटसम्म बिजुली निर्यात हुन थालेको छ । यससँगै, नेपालमा समेत विद्युतीय वस्तुको प्रयोग बढ्न थालेको हो ।केही वर्ष अघिसम्म लोडसेडिङले ग्रस्त नेपाली उपभोक्ता यति बेला घरमा विद्युत्बाट चल्ने सामाग्रीहरूको जोहो गर्न थालेसँगै आयात