कर्मचारी सञ्चय कोषको आकार ४ खर्ब ५९ अर्बमाथि पुगेको छ । कोषको ६१ औं वार्षिक उत्सवका अवसरमा शुक्रबार सार्वजनिक गरिएको वित्तीय रिपोर्टअनुसार कोषको कुल स्रोत ४ खर्ब ५९ अर्ब ७० करोड रुपैयाँ पुगेको हो ।साथै, सोही अवधिमा कोषको कुल लगानी ४ खर्ब ४८ अर्ब ६४ करोड रुपैयाँ पुगेको समेत रिपोर्टमा बताइएको छ । आर्थिक वर्षको असार मसान्तसम्म कोषको मौज्दात ४ खर्ब १६ अर्ब ३६ करोड रुपैयाँ, निवृत्तिभरण कोषमा ३ अर्ब १७ करोड रुपैयाँ र जगेडा कोष तथा बचतमा ३४ अर्ब २० करोड रुपैयाँ रहेको कोषले जनाएको छ । कोषले स