मुगुमा भारतीय तरकारी तथा फलफूलको आयात बढेको छ । जिल्लामा तरकारी र फलफूल उत्पादन कम भएपछि भारतबाट आयात बढेको हो । विषादी प्रयोग भएको करोडौं रुपैयाँको तरकारी तथा फलफूल मुगुमा भित्रिने गरेको छ ।०६९ साल पुस १ गतेदेखि मुगु जिल्ला राष्ट्रिय सडक सन्जालमा जोडिएपछि नियमित रूपमा भारतीय बजारबाट तरकारी भित्रिने गरेको हो ।