२६ महिनासम्म मजदुरले आश्वासन पाए, तलब पाएनन्

बैतडी– बैतडीको पाटन–पञ्चेस्वर सडकखण्डमा काम गर्ने लेन्थवर्करहरूसँग भएको सहमति कार्यान्वयन नहुँदा २६ महिनासम्मको तलब पाएका छैनन् । २३ महिनासम्मको तलब नपाएको भन्दै गत असारमा २३ दिन अनशन बसेका १२ जना लेन्थवर्करहरूलाई प्रक्रिया पुर्‍याएर तलब दिने वियमा सहमति भए पनि सहमति कार्यान्वयन भएको छैन । आफुहरूले तलब नपाउँदा चाडपर्व खल्लो भएको लेन्थवर्कर घनश्याम भट्टले बताए । […]

सम्बन्धित सामग्री

‘प्यारालाइज्ड र कोल्याप्स’ त्रिवि : विद्यार्थीको धरौटीबाट शिक्षक कर्मचारीलाई तलब

किन त्रिवि यो अवस्थामा पुग्यो ? सरकारी आश्वासन कति कार्यान्वयन भए अथवा नभएको भए किन भएन ?

कतार पठाइदिने भन्दै ठगी गर्ने पक्राउ

काठमाडौं : वैदेशिक रोजगारीका लागि कतार पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।सिन्धुपाल्चोकको लिसङ्खुपाखर गाउँपालिका–१ ठूलो धादिङ घर भई हाल काठमाडौंको गोकर्णेश्वर–८ मा बस्ने ३६ वर्षीय बिसु लामा पक्राउ परेका हुन्।उनले ताराबहादुर वलीलाई वैदेशिक रोजगारीका लागि कतार पठाइदिन्छु र त्यहाँ आकर्षक तलब हुने आश्वासन दिई प्रलोभनमा रकम लिई सम्पर्कविहीन भएको आरोपमा काठमाडौंको बौद्धबाट पक्राउ गरेको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ। पक्र

सर्बिया पठाइदिने भन्दै ठगी गर्ने एक जना पक्राउ

काठमाडौं – सर्बिया पठाइदिने भन्दै १२ लाख ठगी गर्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सर्लाहीको हरिवन नगरपालिका-५ घर भई हाल काठमाडौं-३२ तिनकुने बस्ने २७ वर्षीय निरोज बुढाथोकी रहेका छन् । उनले मासिक एक लाख तलब हुने आश्वासन देखाएर चार जनाबाट १२ लाख रुपैयाँ लिएर फरार भएका थिए । उनले प्रतिव्यक्ति साढे ५ […]

ओमानमा २४ नेपाली युवा अलपत्र

दोहा – आकर्षक रोजगारीको प्रलोभनमा परी ओमान पुगेका २४ नेपाली युवा अलपत्र परेका छन्। विगत चार महिनाअघि ओमान पुगेका उनीहरूले सम्झौताअनुसारको कम्पनी नभेटिएको बताएका छन्। अल कौसर ह्युमन रिसोर्स प्रालिका सञ्चालक अबुदल्ला ए टाक्सन र काजी मियाबाट १५० ओमानी रियल (करिब ५० हजार नेपाली रुपैयाँ) मासिक तलब दिने आश्वासन पाएर प्रतिव्यक्ति १ लाख ५५ हजार […]

बजेट भाषण अनुसार नै तलब वृद्धि गर्ने अर्थमन्त्रीको आश्वासन

२३ साउन, काठमाडौंं । अर्थमन्त्री जनार्दन शर्माले बजेटमा गरिएको घोषणा अनुसार नै कर्मचारीहरुको तलबमान लागू हुने बताएका छन् । बजेट घोषणा विपरीत कर्मचारीहरुको तलब असमान ढंगले वृद्धि गरिएको भन्दै आन्दोलित कर्मचारीहरुका नेताहरुले आज अर्थमन्त्रीलाई शर्मालाई भेटेर सच्याउन दबाव दिएका थिए । उनीहरुसँगको भेटमा मन्त्री शर्माले तत्कालको लागि बजेट भाषण अनुसार नै तलब वृद्धि गर्ने बताएको […]

उद्धारको पर्खाइमा साउदीमा अलपत्र १२६ नेपाली

दोहा- रोजगारीका लागि साउदी अरब पुगेर अलपत्र परेका १२६ नेपाली युवाको अझै उद्धार हुनसकेको छैन्। काठमाडौँको सिनामंगलमा रहेको ब्लु ग्यालेक्सी ओभरसीज प्रालीमार्फत ५० दिनअघि उनीहरू साउदी पुगेका थिए। अलपत्र कामदारले सम्झौता अनुसारको काम र तलब नपाएपछि करिव १८ दिनदेखि उद्धारको पर्खाइमा बसेका छन्। अलपत्र परेकामध्ये एक विनोद दहालका अनुसार अहिलेसम्म उनीलाई म्यानपावर सञ्चालकले आश्वासन मात्र […]

फेसबुकमा चिनजान गरिएकी महिलालाई कम्बोडिया पुर्याएर बेचियो

फेसबुकबाट चिनजान गरी एक महिलालाई गिरोहले कम्बोडिया पुर्‍याएर बिक्री गरेको पाइएको छ । त्यहाँस्थित कन्स्ट्रक्सन तथा व्यापारको काममा रु एक लाख मासिक तलब पाउने आश्वासन दिएर धनकुटाका ३५ वर्षीय किसान राईको संलग्नतामा बेचबिखन गरिएको प्रहरीले आरोप लगाएको छ ।उनले पीडितसँग रु चार लाख ५० हजार लिई काठमाडौँबाट काँकडभिट्टाबाट भारतको आसाम, नागाल्याण्ड, ग्वाटी हुँदै मणिपुर पुर्‍याएका थिए । त्यसपछि पैदलै म्यानमारको नाकाबाट थाइल्याण्ड प्रवेश गराई कम्बोडिया पुर्‍याएको खुल्न आएको प्रहरीको मानव बेचब

सडक मजदुर २१ महिनादेखि तलबविहीन, सडकमै अनसन सुरु

बैतडी : पाटन–पञ्चेश्वर सडकमा कार्यरत लेन्थवर्कर (सडक मजदुर)हरुले २१ महिनादेखि पारिश्रमिक नपाएको भन्दै शुक्रबारदेखि सडकमै अनसन सुरु गरेका छन्। पारिश्रमिकका लागि सरकारलाई दबाव दिन रिले अनशन सुरु गरिएको  उनीहरुको भनाइ छ।  २०७६ असोजदेखि पारश्रमिक नपाएको भन्दै उनीहरुले पाटन–पञ्चेश्वर सडकको जिरो प्वाइन्ट पाटनमा रिले अनशन सुरु गरिएका छन्। तलब माग्दा दिलाउँछौ भन्ने आश्वासन मात्रै पाएकाले सरकारलाई दबाव दिन अनसन सुरु गरेको लेन्थवर्कर जयराम भुलले बताए। ‘हामीहरुलाई सरकारले ध

तलब उपलब्ध गराउने आश्वासनपछि नेपालगञ्ज शिक्षण अस्पतालमा प्रदर्शन राेकियाे

नेपालगञ्ज – अस्पताल व्यवस्थापनले तलब उपलब्ध गराउने आश्वासन दिएपछि नेपालगञ्ज शिक्षण अस्पतालका स्वास्थ्यकर्मीले विराेध प्रदर्शन राेकेका छन् । यसअघि साेमवार बिहान फागुनदेखिको तलब भत्ता नपाएको भन्दै नेपालगञ्ज शिक्षण अस्पताल कोहलपुरमा कार्यरत स्वास्थ्यकर्मी आन्दोलित भएका थिए ।  उनीहरूले नियमित तलब पाउनुपर्ने, तलब वृद्धि हुनुपर्ने, कोभिडको समयमा काम गरेको जोखिम भत्ता उपलब्ध गराउनुपर्ने लगायतका मागसहित आज अस्पतालमा विरोध प्रदर्शन गरेका थिए । कर्मचारी सङ्गठनका अध्यक्ष कुश्माखर बस्यालले अस्पताल व्यवस्थापनले असार २ गतेसम्म ...

'जब भ्याकेन्सी'को विज्ञापन राखी ठग्ने पक्राउ

सामाजिक सञ्जाल फेसबुकमा 'जब भ्याकेन्सी'को विज्ञापन राखी ठगी गरेको अभियोगमा काठमाडौं काडाँघारी बस्ने दोलखा जिरी नगरपालिका-८ घर भएका २३ वर्षीय शिव खड्कालाई प्रहरीले पक्राउ गरेको छ । फेसबुकमा 'जब भ्याकेन्सी' नामको पेज बनाई बेरोजगार युवाहरुलाई आकर्षक तलब, सुविधा दिने झुठो आश्वासन दिलाई सुरूमा १ हजार ५ सयदेखि ३ हजार ५ सय रुपैयाँसम्म ईसेवा मार्फत डिपोजिट गर्नुपर्छ भनी ४३ जना युवाहरुबाट रकम ठगी गरी फरार रहेका उनलाई महानगरीय अपराध महाशाखा मिनभवनबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । खड्कालाई आवश्यक कारवा...