सिमसार दिवसमा १९ प्रजातिका बिरुवा रोपियो

विश्व सिमसार दिवसको अवसरमा १९ प्रजातिका बिरुवा रोपिएको छ । चितवन राष्ट्रिय निकुञ्जले बाघमारा मध्यवर्ती सामुदायिक वनमा वृक्षारोपण गरेको हो । निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार आज १००  बिरुवा रोपिएको छ । सामुदायिक वनको खाली ठाउँमा बिरुवा रोप्ने काम निरन्तर हुनेछ । उनले आज सुरुवात गरिएको बताउँदै निरन्तर रोप्दै जाने जानकारी दिए । निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभद्र आचार्यको सभापतित्वमा भएको कार्यक्रममा राष्ट्रिय प्रकृति संरक्षण कोष (एनटिएनसी) सौराहाका का प्रमु

सम्बन्धित सामग्री

नेपालकै सबैभन्दा ठूलो कम्युनिटी राइड बजाज पल्सर ‘१०० एनएस राइड’ सम्पन्न

काठमाडौं- बजाज मोटरसाइकलको नेपालका लागि आधिकारिक विक्रेता कम्पनी हंशराज हुलासचन्द एण्ड कम्पनीले बजाज पल्सर ‘१०० एनएस राइड’ सम्पन्न गरेको छ। कम्पनीले १०० वटा बिरुवा रोप्ने उद्देश्यका साथ सगरमाथा र जनकपुर क्षेत्रका ग्राहकहरूलाई समेटेर १०० एनएस राइड आयोजना गरेको हो। कम्पनीले विश्व सिमसार दिवसको अवसर पारेर गरेको उदयपुर कटारीमा रहेको सिसाघारी सिमसार क्षेत्रमा १०० भन्दा धेरै […]

सिमसार दिवसमा १९ प्रजातिका बिरुवा रोपियो

चितवन ८ जेठ । विश्व सिमसार दिवसको अवसरमा १९ प्रजातिका बिरुवा रोपिएको छ । चितवन राष्ट्रिय निकुञ्जले बाघमारा मध्यवर्ति सामुदायिक वनमा वृक्षारोपण गरेको हो । निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार आज १०० बिरुवा रोपिएको छ । सामुदायिक वनको खाली ठाउँमा बिरुवा रोप्ने काम निरन्तर हुनेछ । उनले आज सुरुवात गरिएको बताउँदै निरन्तर रोप्दै जाने […]

सिमसार क्षेत्रको संरक्षण आवश्यक

सिमसारको दिगो उपयोग एवं प्रयोजनका लागि यसको संरक्षण तथा व्यवस्थापन गर्नु अहिलेको आवश्कता देखिएको छ ।  कृषि, सिँचाइ, वातावरण, ग्रामीण पर्यटन, जैविक विविधता, जनावरको संरक्षण, स्थानीयवासीका लागि आयआर्जनको माध्यम, स्थानीय तहमा अर्थतन्त्रमा आत्मनिर्भर, भावी सन्तानको सुन्दर भविष्यका लागि सुन्दर पृथ्वी हस्तान्तरण गर्न महत्व बोकेको सिमसार क्षेत्रको पहिचान, अस्तित्व र महत्वलाई सबैले बुझ्नु जरुरी छ ।           यसरी द्रूतगतिमा बढ्दो शहरी जनसङ्ख्याले शहरी योजनाकार तथा व्यवस्थापकमा चुनौती थपेको छ । अबको शहरी व्यवस्थापनले बसोबास, यातायात, पानी र अत्यावश्यक भौतिक सुविधाको अतिरिक्त तिनको सुरक्षा, बासयोग्यता र वातावरणमैत्री सूचंकलाई समेत सुनुश्चित गर्नुपर्दछ । यसरी बढ्दो शहरीकरणसँगै बढ्दै गइरहेको उद्योग कलकारखाना र वन विनाशले जलवायु परिवर्तन दिनानुदिन बढ्दै गइरहेको छ ।           पूर्णरुपमा पानीले भिजेको क्षेत्र, प्राकृतिक रुपले बनेको तथा कृत्रिम रुपले बनाइएको, स्थायी वा अस्थायी रुपले जमेको पानी, जमिन मुनिको पानी वा वर्षाले जमेको अथवा बगेको पानीको क्षेत्रलाई सिमसार भन्ने गरिन्छ । सिमसारले पानीको भण्डारण र सफाइ, जैविक विविधताको आश्रयस्थल, खाद्यान्न, औषधि र जडीबुटी, दैनिक उपभोग्य चिज बस्तु, सांस्कृतिक धार्मिक र ऐतिहासिक पर्यटकीयस्थल आदिको उपयोगिता प्रदान गरेको हुन्छ ।           जनसङ्ख्या वृद्धि, शहरीकरण, बढ्दो औद्योगिकीकरणका कारण अधिक मात्रामा जलवायु परिवर्तन गराउने ग्यास उत्पादन गर्ने गर्दछ, जसको फलस्रुप अतिवृष्टि, अनावृष्टि र अल्पवृष्टिको शिकार हुन पुग्छौं । यसका साथसाथै विभिन्न किसिमका रोगको सिर्जना हुने गर्दछ । सिमसारमा हुने बिरुवा र वनस्पतिले घरायसी तथा औद्योगिक फोहर छान्ने फिल्टरको काम गरी पानीको गुणस्तर सफा राख्न मद्दत गर्दछ । हाम्रो वरपरको पर्यावरणलाई अझ वातावरणमैत्री बनाइ बस्न योग्य बनाउँछ । हराभरा स्थान दिएर सिमसारले मनोरञ्जन प्रदान गरेको हुन्छ, यसबाहेक विभिन्न पक्षी, उभयचर, कीरा, माछा र जनावरको वासस्थान प्रदान गरेर सिमसारले जैविक विविधता संरक्षणमा पनि ठूलो मद्दत गरेको छ ।