काठमाडौँ : गणतन्त्र दिवसको अवसरमा जन्मकैदको सजाय काटिरहेकालाई माफी दिएर सरकारले दण्डहीनता देखाएको आरोप विभिन्न संगठनले बताएका छन्।जन्मकैदको सजाय काटिरहेका रेशम चौधरीलाई क्षणिक राजनीतिक लाभका माफी दिएर सरकारले दण्डहीनता देखाएको उनीहरूको कथन छ।प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का सचेतक महेश बर्तौलाले जन्मकैदको सजाय भुक्तान गरिरहेका पूर्वसांसद रेशम चौधरीलाई आममाफी दिने सरकारको निर्णय स्वीकार्य नहुने बताएका छन्।यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टीले पनि चौधरीलाई कैदबाट मुक्त गराउन सरकार योजनाबद्ध