फिनल्याण्डकी प्रधानमन्त्री सन्ना मारिनले आफ्नो सरकारी निवासमा पाहुनाको टपलेस तस्बिर सार्वजनिक भएको प्रति माफी मागेकी छिन् । अत्यधिक पार्टी गर्ने गरेको भन्दै आलोचना खेपेकी सन्नाले हालै ड्रग्स परीक्षण गरेकी छिन् जसको रिपोर्ट नेगेटिभ आएको छ ।दुई प्रख्यात प्रभावशाली व्यक्तिको पछिल्लो तस्बिर जुलाईमा प्रधानमन्त्री निवासभित्र खिचिएको थियो र मंगलबार सामाजिक सञ्जालमा व्यापक रूपमा शेयर गरिएको थियो । मारिनले ‘तस्बिर उपयुक्त नभएको’ स्वीकार गरिन् र माफी मागिन् ।यसमा, दुई महिलाले ‘फिनल्