काठमाण्डौ – कन्सुलर सेवा विभागले श्रमिक र उनीहरूको परिवारको समस्या सुन्न र समाधानका उपाय सुझाउन निःशुल्क टेलिफोन सेवा सञ्चालन गर्ने भएको छ ।
विभागले फागुन १ गतेदेखि त्रिपुरेस्वरस्थित कार्यालयबाट सेवा दिन थालेको र अबको केही दिनभित्रै ११५२ नम्बरको निःशुल्क टेलिफोन सेवा सञ्चालन गर्ने विभागका महानिर्देशक धनबहादुर वलीले जानकारी दिनुभयो ।
उहाँका अनुसार यो नम्बरमा देशभरिबाट निःशुल्क फोन गर्न सकिन्छ । समस्यामा परेका व्यक्ति र उनीहरूका परिवारले यो नम्बरमा फोन गरेर आफ्नो समस्या राख्न सक्छन् । फोनमार्फत नै गर्नु पर्ने ...