जनता समाजवादी पार्टीका नेपाल (जसपा)का अध्यक्ष महन्थ ठाकुरको निर्देशनमा दुई पार्टी दर्ताका लागि निर्वाचन आयोगमा निवेदन परेको छ । उनले आजै निर्वाचन आयोगमा सो पार्टी दर्ताका लागि निवेदन दिन लगाएको स्रोतले जनाएको छ । स्रोतका अनुसार ज्ञानेन्द्र झाको अध्यक्षतामा लोकतान्त्रिक समाजवादी पार्टी नेपाल र अजय झाको अध्यक्षतामा संघीय समाजवादी फोरम नेपाल दर्ताका लागि निवेदन दिइएको हो।यसअघि जसपाका अर्का अध्यक्ष उपेन्द्र यादवले महन्थ ठाकुर नेतृत्वको तत्कालीन राष्ट्रिय जनता पार्टी नेपाल हरिनारायण यादवको अध्यक