नेकपा एमालेले आज काठमाडौं महानगरपालिका प्रमुखको उम्मेदवारको टुङ्गो लगाउने भएको छ । एमाले सचिवालय बैठकले यसबारे निर्णय गर्ने एमाले नेता कृष्ण राईले रातोपाटीलाई जानकारी दिए । उनले भने–‘संभावित उम्मेदवारको नाम सिफारिस भएर पार्टी केन्द्रमा पुगेको छ । आज बस्ने सचिवालय बैठक बस्दैछ । आजै निर्णय आउने संभावना छ ।’ उनले हाल काठमाडौं महानगरपालिका प्रमुख रहेका विद्यासुन्दर शाक्य र केशव स्थापित मध्ये एक जना तय हुनसक्ने संभावना रहेको बताए । उनीहरु दुवैजनाले उम्मेदवार बन्ने आकांक्षा देखा