बालुवा गिट्टीको अवैध उत्खनन् रोक्न प्रहरी सक्रिय

अवैध रूपमा नदी र खोलाजन्य वस्तुको उत्खनन् रोक्न पछिल्लो समय प्रहरीले निकै सक्रियता देखाएको छ। ‘सेतो सुन’को रूपमा अर्थ्याइने बालुवाको तस्करी यहाँका युवाहरूको आर्जनको प्रमुख स्रोत मान्ने गरिन्छ। ढुङ्गा, गिट्टी र बालुवाको अवैध उत्खनन् र तस्करमा मुख्यगरी ‘गुन्डा र डन’ प्रवृति भएका युवाहरूकै हालमुहाली र सम्लग्नता देखिएको दाङ प्रहरीको बुझाई छ। तर ईलाका प्रहरी कार्यालय…

सम्बन्धित सामग्री

आक्रामक बन्दै सिरहा डिभिजन वन, पुनः एक्साभेटर, ठेकेदारसहित दुई पक्राउ

अवैध गिट्टी, ढुंगा बालुवा उत्खनन् रोक्न लहानस्थित डिभिजन वन कार्यालय सिराहा आक्रामक बन्दै गएको छ। कानुनविपरीत वन क्षेत्रको खोला ठेक्का लगाएको र अवैध उत्खनन् गरेको आरोपमा प्रमुख प्रशासकीय अधिकृतसहित १८ जनाविरुद्ध...

बुढानीलकण्ठमा अवैध उत्खनन् रोकिएन् : मेयर एक्सन लिन्छन्, वडाध्यक्ष टेर्दैनन्

बुढानीलकण्ठ नगरपालिकामा संगठित रुपमा भइरहेका अवैध बालुवा उत्खनन, ढिस्का तथा डाँडो मास्ने, खोला मिचेर नदीजन्य सामग्री निकाल्नेक्रम अझै रोकिएको छैन् । नगरपालिकाको वडा नम्बर १३ कौडोल र चुनीखेल क्षेत्रमा अवैध बालुवा उत्खनन् गर्ने, ढिस्का तथा डाँडो मास्ने जस्तो प्राकृतिक दोहन हुने काम रोक्न स्थानीय अगुवाहरुले गरेको पहललाई नगरपालिकाले चासो नदिएको आरोप छ ।

निर्देशन अटेरी गर्नेलाई कारवाहीको चेतावनी

जिल्ला समन्वय समिति जुम्लाले जिल्लामा अवैध रुपमा भईरहेको गिटी बालुवा उत्खनन् तथा चोरी निकासीलाई रोक्न निर्देशन दिएको छ । वाताबरणिय प्रभावमुल्यांक बिना उत्खनन् नगर्न निर्देशन दिइएको हो । जिसस प्रमुख लाल बहादुर सार्की सहित ७ जनाको टोली शुक्रबार चन्दननाथ नगरपालिका, तातोतानी र तिला गाउँपालिकामा गरेको अनुगमनकै क्रममा समेत अवैध उत्खनन् भएको भेटियो । कारोबार राष्ट्यि दैनिकको फागुन १३ गतेको अंकमा ‘नियमन नहुँदा अवैध उत्खनन्’ भन्ने समचार प्रकाशीत पछि ध्यानकर्षण भएको भन्दै तत्तकाल फागुन १६ गतेका दिन जिसस प्रमुख लाल बहादुर सार्की, उपप्रमुख कार्मा बुढा, सहायक प्रजिअ ओमप्रकाश देवकोटा, डिएसपी लालबहादुर धामी र शसस्त्र प्रहरी बलका एसपी सरद न्यौपाने सहितको टोली जिल्लामा अनुगमन गरेको हो ।