नेपाली काँग्रेसका सांसद मीन विश्वकर्माले अमेरिकाद्वारा प्रस्तावित स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी) सम्झौता नेपाली सेनाको क्षमता वृद्धिका लागि भएको बताएका छन् । मंगलबार नयाँबानेश्वरस्थित संसद भवनमा सञ्चारकर्मीहरूलाई संक्षिप्त प्रतिक्रिया दिँदै सांसद विश्वकर्माले एसपीपी सम्झौता नेपाली सेनाको सशक्तिकरण, आधुनिकिकरण र सैन्य क्षमता वृद्धिका लागि भएको बताए । उनले नेपाली सेनाले संयुक्त राष्ट्रसंघमा शान्ति सेनाको रुपमा खेलेको भुमिकालाई थप मजबुद बनाउनका लागि सो सम्झौताले सहयोग गर्ने बुझाइमा नेपाल