ओलम्पिकका लागि टोकियो आएका खेलाडीमा कोरोना

एजेन्सी। जापाको टोकियोमा हुन लागेको ओलम्पिकमा सहभागी हुन आइपुगेका युगाण्डाका एक खेलाडीमा कोरोना संक्रमण पुष्टि भएको छ । २३ जुलाई देखि ८ अगस्टसम्म ओलम्पिक हुँदैछ । ओलम्पिकमा लागि आएका कुनै टोलीका खेलाडीमा कोरोना देखिएको यो पहिलो घटना हो। संक्रमित खेलाडी क्वारेन्टाइनमा बसेका छन्। युगाण्डाबाट हिँड्दा सबैको रिपोर्ट नेगेटिभ थियो। कोरोनाको संक्रमण बढ्न थालेपछि त्यहाँ कडा नियम लगाइएको छ।

सम्बन्धित सामग्री

ओलम्पिक भिलेजमा थप ३ जनामा कोरोना : RajdhaniDaily.com

RajdhaniDaily.com | टोकियो ओलम्पिकमा सहभागी हुन पुगेका थप ३ खेलाडीमा कोरोना संक्रमण पुष्टि भएको छ । ओलम्पिक भिलेजभित्र रहेका तीन खेलाडीमा कोरोना पुष्टि भएको टोकियो ओलम्पिकले - ओलम्पिक भिलेज

ओलम्पिक खेल्ने अमेरिकी खेलाडीमा कोरोना पुष्टि

टोकियो ओलम्पिकमा सहभागी एक अमेरिकी जिम्न्यास्ट खेलाडीमा कोरोना भाइरसको संक्रमण देखिएको छ । यी खेलाडीसँगै उनीसँगको क्लोज कन्ट्याक्टमा रहेकी अर्की एक खेलाडीलाई अहिले होटलमा आईशोलेसनमा राखिएको बीबीसीले लेखेको छ । टिमका बाँकी खेलाडी भने टोकियोस्थित ओलम्पिक भिलेजमा छन् ।  अमेरिकी ओलम्पिक कमिटीका अनुसार यी खेलाडी वैकल्पिक खेलाडी हुन् । यसअघि चेक गणतन्त्र ओलम्पिक कमिटीले आफ्ना बिच भलिबल खेलाडी अन्ड्रेज पेरुसिकमा कोरोना संक्रमण देखिएको घोषणा गरेको थियो । यसै साता दक्षिण अफ्रिकाका दुई फुटबलरमा पनि संक्रमण देखिएको थियो...

ओलम्पिक भिलेजभित्रै तेस्रो खेलाडीमा कोरोना संक्रमण पुष्टि

एजेन्सी। टोकियो ओलम्पिक भिलेज भित्रै सोमबार तेस्रो खेलाडीमा कोरोना संक्रमण पुष्टि भएको छ। चेक गणतन्त्रका बिच भलिबल खेलाडी आन्द्रे पेरुसिचको कोभिड-१९ परीक्षणको नतिजा पोजेटिभ आएको हो। चेक गणतन्त्रको टिममा संक्रमित हुने पेरुसिच दोस्रो खेलाडी हुन्। उनको टिमले २६ जुलाईमा लाट्भियाविरुद्धको खेलबाट ओलम्पिक सुरु गर्दैछ। ओलम्पिक भिलेजभित्र आइतबार दक्षिण अफ्रिकाका दुई फुटबल खेलाडी संक्रमित भेटिएको थियो। ओलम्पिक २३ जुलाईमा उद्घाटन हुनेछ।

ओलम्पिक भिलेजमा थप ३ जनामा कोरोना

टोकियो ओलम्पिकमा सहभागी हुन पुगेका थप ३ खेलाडीमा कोरोना संक्रमण पुष्टि भएको छ । ओलम्पिक भिलेजभित्र रहेका तीन खेलाडीमा कोरोना पुष्टि भएको टोकियो ओलम्पिकले जनाएको छ । ओलम्पिक भिलेजभित्र रहेका ३ जना र बाहिरका ७ जना गरी आज एकै दिन १० जनामा कोरोना संक्रमण पुष्टि भएको हो । आइतबार एकै दिन ३ खेलाडी, ओलम्पिक गेममा […] The post ओलम्पिक भिलेजमा थप ३ जनामा कोरोना appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

ओलम्पिकका लागि टोकियो पुगेका दुई खेलाडीमा कोरोना संक्रमण पुष्टि

टोकियो ओलम्पिकमा सहभागिताका लागि गएका दुई दक्षिण अफ्रिकी फुटबलरमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । टोकियोमा रहेको एथ्लेट्स भिलेजमा बसेका दुई खेलाडीमा संक्रमण देखिएको हो र यो एथ्लेट्स भिलेजमा संक्रमणको पहिलो घटना हो । टोकियो ओलम्पिक आउँदो शुक्रबारदेखि सुरु हुँदैछ । दक्षिण अफ्रिकाको फुटबल एसोसिएसनले थाबिसो मोन्यन र कामोहेलो माह्लाट्सी कोरोना भाइरसबाट संक्रमित भएको […]

टोकियो ओलम्पिकः थप तीन खेलाडीमा कोरोना संक्रमण

एजेन्सी। टोकियो ओलम्पिक आयोजकले आइतबार थप तीन नयाँ संक्रमित फेला परेको जनाएको छ। ओलम्पिक जुलाई २३ बाट सुरु हुँदैछ। यसअघि शनिबारमात्र चेक गणतन्त्र टिमका एक सदस्यमा कोरोना भाइरस संक्रमण देखिएको थियो। त्यसअघि पनि आयोजक टिमकै दक्षिण कोरियाका एक जना संक्रमित बनेका थिए। ओलम्पिक नजिकिदै गर्दा टोकियोमा लगातार पछिल्लो चार दिन एक हजार नयाँ संक्रमित थपिएका छन्।

ओलम्पिकका लागि टोकियो आएका खेलाडीमा कोरोना

एजेन्सी। जापाको टोकियोमा हुन लागेको ओलम्पिकमा सहभागी हुन आइपुगेका युगाण्डाका एक खेलाडीमा कोरोना संक्रमण पुष्टि भएको छ । २३ जुलाई देखि ८ अगस्टसम्म ओलम्पिक हुँदैछ । ओलम्पिकमा लागि आएका कुनै टोलीका खेलाडीमा कोरोना देखिएको यो पहिलो घटना हो। संक्रमित खेलाडी क्वारेन्टाइनमा बसेका छन्। युगाण्डाबाट हिँड्दा सबैको रिपोर्ट नेगेटिभ थियो। कोरोनाको संक्रमण बढ्न थालेपछि त्यहाँ कडा नियम लगाइएको छ।