काठमाडौं : मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशका विभिन्न स्थानमा वर्षा र हिमपातको सम्भावना रहेको छ।पश्चिमी न्यून चापीय प्रणालीको प्रभावका कारण मंगलबार प्रदेश १‚ कर्णाली र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। यस्तै‚ प्रदेश १‚ बागमती‚ कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।मंगलबार बिहान प्रदेश १ र प्रदेश २ लगायत पहाडी भू-भागहरुमा सामान्य बदली रहेको छ र