काठमाडौं : स्थानीय वायु र पश्चिमी वायुको सक्रियताका कारण आज देशका विभिन्न स्थानमा वर्षा र हिमपातको सम्भावना रहको छ।अघिल्लो दिनहरुको तुलनामा पश्चिमी वायुको असर आज बढी देखिएकाले बिहानैदेखि देशका धेरै स्थानको मौसम बदली भएको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाकी मौसमविद् गंगा नगरकोटीले शनिबार दिउँसो प्रदेश १, प्रदेश २, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा पानी पर्ने जानकारी दिइन्।उनका अनुसार प्रदेश २ का एक/दुई स्थानमा मेघगर्जन र चट्टयाङसहित