काठमाडौं । बडादसैँमा घर फर्कने यात्रुले बसको टिकट पाउनै नसकेको गुनासो गरेका छन् ।
काठमाडौंको नयाँ बसपार्कस्थित टिकट काउन्टरमा शनिबार (आज) भेटिएका उनीहरूले घर जानका लागि बसको टिकट नै नपाएको दुःखेसो पोखेका हुन् । पाँच दिन धाउँदा पनि बसको टिकट नपाएको डोटीका हरि बिसीको गुनासो छ । बस व्यवसायी र प्रहरीले...