ग्वार्को फ्लाइओभर फेरि ठप्प: क्युआरडिसीको बखेडा कि ठेकेदारको बहाना?
निर्धारित समय नाघेको एक वर्ष बढी बित्दा पनि निर्माणले गति नलिँदा झन् चिन्ता बढाएको छ। अहिलेसम्म जम्मा ८५ प्रतिशत निर्माण सम्पन्न गरेको स्वयं निर्माण कम्पनीको दाबी छ। निर्माणमा अझै कति समय लाग्छ? यो प्रश्नको उत्तर निर्माण कम्पनीलाई नै थाहा छैन।
काठमाडाैँ– ललितपुरको ग्वार्को फ्लाइओभर निर्माणको कार्यप्रति संसदीय समितिले असन्तुष्टि जनाएको छ ।
ठेक्का सम्झौता भएको लामो समय हुँदा पनि निर्माण कार्यले गति लिन नसकेको भन्दै प्रतिनिधिसभा अन्तर्गतकाे पूर्वाधार विकास समितिले असन्तुष्टि व्यक्त गरेको हो ।
सोमबार ग्वार्को फ्लाइओभर निर्माणको स्थलगत अवलोकन गर्दै समितिले का...
ग्वार्को फ्लाइओभर निर्माणका लागि ठेक्का सम्झौता भएको १९ महिना बित्दा देखिने गरी काममा केही प्रगति भएको छैन । जब कि सम्झौताअनुसार निर्माणको काम सक्न ५ महिना मात्र बाँकी छ । यस अवधिमा काम नसकिए सरकारी निकाय समय थप्ने तयारीमा छ । फ्लाइओभरका लागि सडक भत्काएर निर्माण थालेसँगै कोटेश्वर–सातदोबाटो–कलंकी सडक खण्ड भई ओहोरदोहोर गर्ने यात्रुले दैनिक सास्ती खेप्नुपरेको छ । यसले गर्दा घण्टौं ट्राफिक जाम हुँदा समयमै गन्तव्यमा पुग्न समस्या हुने गरेको छ ।
ग्वार्कोमा निर्माणाधीन ‘फ्लाइओभर’ को नयाँ डिजाइन स्वीकृत भएको छ । नयाँ डिजाइन स्वीकृत भएसँगै अब सो ‘फ्लाइओभर’ को निर्माण अगाडि बढ्ने दाबी गरिएको छ । यसअघि तयार गरिएको डिजाइनमा समस्या देखिनुका साथै डिजाइन अनुसार उपकरण उपलब्ध नहुने भएपछि पुनः डिजाइन गरिएको थियो । यसरी तयार गरिएको नयाँ डिजाइन सडक विभागले स्वीकृत गरेको हो ।