धादिङको ज्वालामुखी गाउँपालिका ३ का २७ वर्षीय एक युवकले मंगलबार र्यापिड टेस्ट (आरडीटी) गर्दा पोजेटिभ देखिएपछि क्वारेन्टाइन जान एम्बुलेन्स खोजे। कोरियाबाट ४२ दिनअघि आएका उनको गाउँपालिकाले गरेको टेस्टमा कोरोना पोजेटिभ देखिएपछि साँझ एम्बुलेन्सको खोजी भयो। तर, कुनै पनि एम्बुलेन्स चालक उनलाई लैजान तयार भएनन्। गाउँपालिकास्थित मैदी स्वास्थ्य चौकीका जनस्वास्थ्य