कर्णालीमा बाह्य लगानी भित्र्याउन सहजीकरण गर्न तयार छौं : मुख्यमन्त्री शाही

वैशाख ५, सुर्खेत । मुख्यमन्त्री जीवनबहादुर शाहीले कर्णालीमा बाह्य लगानी भित्र्याउन प्रदेश सरकारले आवश्यक सहयोग एवं सहजीकरण गर्ने बताएका छन् ।             सुर्खेतमा स्थापना हुने तयारीमा रहेको सूर्यतारा सिमेन्ट उद्योगका सञ्चालक र प्रदेश सरकार बीच सोमवार मुख्यमन्त्री कार्यालयमा भएको छलफलमा उनले बाह्य लगानी नआउँदासम्म कर्णाली विकासमा पछाडि पर्ने बताए ।             उनले खानी र उद्योगसम्म सडक तथा पानी पुर्‍याउन प्रदेश सरकारले तत्कालै काम थाल्ने प्रतिबद्धता व्यक्त गरे । साथै उनले उद्योगले प्रदेशलाई गर्ने योगदानका आधारमा करलगायतका क्षेत्रमा सहुलियत प्रदान गर्न सरकार तयार हुने बताए ।  प्रदेश सरकारले नीतिगतरुपमै आवश्यक सहुलियतको व्यवस्था गरे पनि प्रदेशमा ठूला लगानीकर्ता आउन नसकेको उनको भनाइ छ ।             बराहताल गाउँपालिका–७ स्थित लखरपाटामा खानी र चौकुनेमा उद्योग सञ्चालन गर्न लागेको सूर्यताराले आवश्यक सहजीकरण र भावी योजनाकाबारेमा प्रदेश सरकारलाई जानकारी गराएको थियो । झण्डै १५ अर्ब  रुपैयाँ बराबरको लगानीमा सञ्चालन हुन लागेको उद्योगले दुई वर्षभित्र सिमेन्ट उत्पादन गर्ने लक्ष्य लिएको छ । यसका लागि उद्योगले चौकुनेमा आवश्यक जग्गा खरीद गरिसकेको छ ।             सूर्यतारा सिमेन्ट उद्योगका अध्यक्ष मुकुन्दप्रसाद तिमिल्सेनाले उद्योगका लागि जग्गा प्राप्ति भइसकेको र पहुँचमार्गलगायत संरचना निर्माणको काम प्रक्रियामै रहेको जानकारी दिए। उद्योग सञ्चालनका लागि लगानी बोर्डले १४ अर्ब २७ करोड ५० लाख रुपैयाँको लगानी स्वीकृत गरेको छ ।            उद्योगले बराहताल–७ स्थित लखरपाटामा ९५ हजार हेक्टर जमीनबाट चुनढुङ्गा उत्खनन् गर्नेछ भने चौकुने गाउँपालिकामा उद्योग स्थापनाका लागि ४२ बीघा जमीन खरीद गरेको छ । उद्योगले दैनिक ५० देखि ६० हजार बोरा सिमेन्टका साथै ३ हजार टन क्लिङ्कर उत्पादन गर्नेछ । रासस

सम्बन्धित सामग्री

पाँच लाख भारतीय पर्यटक जिल्लामा भित्र्याउन सकिन्छः मुख्यमन्त्री शाही

सिमकोट – मानसरोवर कैलाशको दर्शन गर्न पाँच लाख भारतीय पर्यटक आउन तयार भएको कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुुर शाहीले बताएका छन्। उद्योग वाणिज्य संघले प्रतिनिधि तथा प्रदेश सभामा नवनिर्वाचित सदस्यहरूलाई सम्मान गर्ने कार्यक्रममा उनले मानसरोवर कैलाशको दर्शन गर्न भारतीय धार्मिक पर्यटक उल्लेख्य रहेको र आफूलाई सडक यातायात सहज भए वर्षमा कम्तीमा पनि पाँच लाख भारतीय पर्यटक […]

कांग्रेस आफू हार्ला तर गठबन्धनलाई धोका हुँदैनः मुख्यमन्त्री शाही

सिमकोट – कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुुर शाहीले नेपाली कांग्रेस आफू हार्न तयार भएको तर गठबन्धन दललाई धोका नदिने बताएका छन्। नेपाली कांग्रेसका शुुभेक्छुुक संस्थाका प्रमुखसँग निर्वाचनबारे सुुझाव संकलन गर्ने कार्यक्रममा मुख्यमन्त्री शाहीले सो कुरा बताएका हुन्। प्रदेश सभा सदस्य पदको २ नम्बर क्षेत्रका लागि प्रत्यासीसमेत रहेका शाहीले कांग्रेस निर्वाचनमा हार्ला तर गठबन्धन दललाई नेपाली कांग्रेसबाट […]

बाह्य लगानी भित्र्याउन सहजीकरण गर्न तयार छौँ : मुख्यमन्त्री शाही

कर्णाली, ५ बैशाख । मुख्यमन्त्री जीवनबहादुर शाहीले कर्णालीमा बाह्य लगानी भित्र्याउन प्रदेश सरकारले आवश्यक सहयोग एवं सहजीकरण गर्ने बताएका छन् । सुर्खेतमा स्थापना हुने तयारीमा रहेको सूर्यतारा सिमेन्ट उद्योगका सञ्चालक र प्रदेश सरकारबीच आज मुख्यमन्त्री कार्यालयमा भएको छलफलमा उहाँले बाह्य लगानी नआउँदासम्म कर्णाली विकासमा पछाडि पर्ने बताए । उनले खानी र उद्योगसम्म सडक तथा पानी […]

सुर्खेत विमानस्थल विस्तारको विकल्प रोकेका छैनौँ : मुख्यमन्त्री शाही

कर्णाली । कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले प्रदेश सरकारले सुर्खेत विमानस्थल विस्तारको विकल्प नरोकेको प्रस्ट पारेका छन् । कर्णाली प्रदेशसभाको आजको बैठकमा समसामयिक विषयमा प्रमुख प्रतिपक्षी दलका सदस्यहरूले उठाएका प्रश्नको जवाफ दिँदै उनले विमानस्थल आसपासका बासिन्दा सहयोग गर्न तयार नभएपछि छलफल स्थगित मात्र गरिएको उल्लेख गरे । मुख्यमन्त्री शाहीले विमानस्थल विस्तारका हकमा आफू संवेदनशील भएको […]

प्लाष्टिकजन्य पदार्थ व्यवस्थापनसम्बन्धी ऐन छिट्टै ल्याइन्छ : मुख्यमन्त्री शाही

कर्णाली । कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले प्लाष्टिकजन्य पदार्थ व्यवस्थापनसम्बन्धी ऐन छिट्टै ल्याउने तयारी भइरहेको बताएका छन् । उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयद्वारा आज सुर्खेतमा आयोजित कार्यक्रममा उहाँले प्लाष्टिक झोलाको विकल्पका रूपमा वैकल्पिक झोला प्रवद्र्धन तथा प्रदूषण नियन्त्रण गर्न कानूनको मस्यौदा तयार गर्न निर्देशन दिइएको बताए। मुख्यमन्त्री शाहीले प्लाष्टिकजन्य फोहरले प्रदेश राजधानी वीरेन्द्रनगर दिन […]

तत्काल लगानीमा आधारित योजना बनाउन तयार : मुख्यमन्त्री शाही

काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले कर्णाली सरकार तत्काल लगानीमा आधारित योजना बनाउन तयार रहेको बताउनुभएको छ । लगानी योजनाका विषयमा स्वीट्जरल्याण्ड सरकारका राजदूतसँगको छलफलमा उहाँले कर्णालीको पूर्वाधार विकासमा लगानी गर्न आग्रह गर्नुभयो । कर्णाली प्रदेशको पूर्वाधार विकासमा स्वीट्जरल्याण्ड सरकारका राजदूतले समेत चासो व्यक्त गर्नुभएकाे थियाे । कर्णालीको सडक, पुल लगायतका पूर्वाधार विकासका विषयमा […]

जनगणना राष्ट्रिय विकासको मेरुदण्ड : मुख्यमन्त्री शाही

कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले जनगणना राष्ट्रिय विकासको मेरुदण्ड भएको बताएका छन् । सुर्खेतस्थित कर्णाली प्रदेश जनगणना कार्यालयद्वारा वीरेन्द्रनगरमा आयोजित ‘१२ औँ राष्ट्रिय जनगणना २०७८’ शुभारम्भ तथा प्रभातफेरी कार्यक्रमलाई सम्बोधन गर्दै उनले जनगणना कुनैपनि देशका लागि महत्वपूर्ण विषय हुने उल्लेख गरे ।जनगणनाको तथ्याङ्कबाट मात्र मुलुकको विकासका लागि गुरुयोजना तयार गर्न सकिने मुख्यमन्त्री शाहीले जनाए । उनले भने, “आजदेखि गणकहरु तपाईंहरुको पूर्ण विवरण लिन घर–घरम

जनगणनामा सोधिएको विवरण कसैले नलुकाउनुस् : मुख्यमन्त्री शाही

कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले जनगणना राष्ट्रिय विकासको मेरुदण्ड भएको बताएका छन् । सुर्खेतस्थित कर्णाली प्रदेश जनगणना कार्यालयद्वारा वीरेन्द्रनरगरमा आयोजित १२औं राष्ट्रिय जनगणना २०७८ शुभारम्भ तथा प्रभातफेरी कार्यक्रमलाई सम्बोधन गर्दै उनले जनगणना कुनै पनि देशका लागि महत्त्वपूर्ण विषय हुने उल्लेख गरे । जनगणनाको तथ्यांकबाट मात्र मुलुकको विकासका लागि गुरुयोजना तयार गर्न सकिने मुख्यमन्त्री शाहीले जनाए । उनले भने, ‘आजदेखि गणकहरू तपाईंहरूको पूर्ण विवरण लिन घरघरमा आउनुहुन्छ । सबैले आफ्नो यथार्थ, तथ्य र सत्य विवर...

कर्णाली सुनको टुक्रा हो : मुख्यमन्त्री शाही

जगदुल्ला गाउँपालिकाले आफ्नै प्रशासकीय भवन बनाएको छ । स्थानीय सरकार गठन भएको दोस्रो वर्षदेखि निर्माण सुरु गरिएको उक्त भवनको केही समय अघिमात्रै निर्माण सम्पन्न भएको थियो ।जिल्लाका आठ स्थानीय तहमध्ये सबैभन्दा पहिला तयार पारेको सुविधासम्पन्न प्रशासकीय भवनको उद्घाटन कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले गरे । यससँगै मुख्यमन्त्री शाहीले वडा नं ६ मा कक्षा ५ सम्म पढ्न मिल्ने गरी बनाइएको दलित आवासीय विद्यालयको समेत उद्घाटन गरे ।गाउँपालिका भवन उद्घाटन कार्यक्रममा मुख्यमन्त्री शाहीले कर्णाली