नेपालको पहिलो महिला कम्प्युटर इन्जिनियर गुणकेशरी प्रधान 'एनसेल वुमन आइकन आइसिटी अवार्ड २०२१’ बाट सम्मानित भएकी छिन् ।
लिभिङ वीथ आइसिटीले आयोजना गरेको एफवान सफ्ट आइसिटी अवार्ड २०२१ अन्तर्गत रहेका विभिन्न १२ विधा मध्ये आइसिटीमा योगदान गर्ने महिलालाई सम्मान गर्ने वुमन आइकन आइसिटी अवार्ड विधामा प्रधानले यो पुरस्कार जितेकी हुन् ।
काठमाडौंको सोल्टी होटलमा शुक्रवार आयोजना भएको ग्राण्ड फिनालेमा एनसेल वुमन आइकन आइसिटी अवार्ड प्रधानलाई प्रदान गरिएको हो ।
प्रधानलाई एनसेलले आइसिटीमा उनको योगदानको कदर गर्दै विविधता...