रसिया विश्वकपको अन्तिम १६ मा इंग्ल्याण्डसँगको खेलमा कोलम्बियाका दुर्इ खेलाडीले पेनाल्टीका गोल गर्न चुकेपछि कोलम्बिया विश्वकपबाट बाहिरियो। पराजयबाट आक्रोशित बनेका कोलम्बियाली समर्थकहरुले भने खेलाडीहरुमाथि दुर्व्यवहारका साथै हत्या गर्ने धम्की समेत दिन थालेका छन्।
कोलम्बियाका माटेउस उरिवको पेनाल्टी इंग्ल्याण्डका गोलकिपर जोर्डन पिकफोर्डले रोकेका थिए भने कार्लोस बाक्कको प्रहार बाहिरिएको थियो।