विराटनगरमा अवतरण गर्न नसकेपछि आकस्मिक अवतरणको लागि काठमाडौं फर्कियो बुद्ध एयरको विमान

विराटनगरमा अवतरण गर्न नसकेपछि बुद्ध एयरको विमान आकस्मिक अवतरणको लागि काठमाडौं फर्किएको छ । बिहान विराटनगरका लागि उडेको विमान अवतरण गर्ने क्रममा प्राविधिक समस्या देखिएपछि काठमाडौं फर्किएको हो । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख एसएसपी राजेशराज बास्तोलाले विमानलाई अवतरण गराउने तयारी भएको लोकान्तरलाई जानकारी दिए । ‘के समस्या हो भन्ने कुरा अहिले सम्म थाहा भएको छैन’ बास्तोलाले लोकान्तरसँग भने ।