यो झ्याल यो सहर

झ्यालबाट देखिने भीमसेनस्तम्भ  धरहरा देखिँदैन अचेल  केवल  धरहराझैँ अग्लिएको मान्छेको घमण्ड देखिन्छ इमान हराएको बेइमान देखिन्छ ।  कि देखिन्छ  खानलाई मात्रै बाँचिरहेका  नैतिकता हराएको एक हुल मान्छे ! सहरमा नैतिकता कतै भेटिँदैन किन ? सहरलाई  आचरणको झ्यालबाट नियाल्दा  रुन्चे अनुहार लगाएको आकाश देखियो  सहरमाथि मडारिएको हिंस्रक कालो बादल देखियो  भन्नुपर्दा, सहर त नैतिकवान् हुनुपर्ने होइन र ? झ्यालको पनि बानी सुध्रिनुपर्ने होइन र ? विडम्बना नै भन्नुपर्छ हुनुपर्ने पनि भएन  सुध्रिनु...

सम्बन्धित सामग्री

कस्तो सहर बनाउने बालेन ?

यी दरबारका भव्य झ्याल–ढोकाहरूमा– कसकसका हातका रेखाहरू छन् ?यी मन्दिरका मूर्ति र गुम्बाका गजुरहरूमा– कसकसका औंठाका शंख–चक्रहरू छन् ?एकएक खुट्याउनु छ— इतिहासको खुनी अनुहारचिन्नु छ— को हो असली निर्माता ?– श्रवण मुकारुङ / उत्खनन

युक्रेनको राजधानीका सडकमा भीषण युद्ध

युक्रेनको राजधानी किएभका सडकमा दोहोरो भिडन्त सुरु भएको छ। रुसी सैनिकहरु सहर प्रवेश गरी आक्रमण थालेको स्थानीय सरकारले जानकारी दिएको हो। किएभका अधिकारीले जारी गरेको वक्तव्यमा सडकमा भिडन्त जारी रहेको उल्लेख छ। वक्तव्यमा भनिएको छ, ‘हाम्रो सहरको सडकमा अहिले भिडन्त जारी छ। सर्वसाधारणलाई सेल्टरमै रहन आग्रह गरिन्छ। बार्दली या झ्याल नजिक नजानु होला।’ शनिबार बिहानैदेखि […]

कलात्मक मूल ढोकाले बढाउँछ घरको आकर्षण

काठमाडौं । नेपाललाई चिनाउने विभिन्न वस्तुमध्ये काष्ठकला पनि एक हो । विशेषगरी राजधानी सहर काठमाडौंसहित उपत्यकाका तीनै सहर काष्ठकलाका लागि प्रख्यात छन् । यहाँ प्राचीन समयदेखि प्रचलित काष्ठकलाको नमुना अहिले पनि सहरका चोक, गल्ली तथा पुरानो भागमा सदियौंदेखि उभिइरहेका अनगन्ती मठमन्दिर, पाटीपौवा तथा दरबारमा देख्न सकिन्छ । हेर्दै मनमोहक परम्परागत काष्ठकला मठ–मन्दिर तथा अन्य सम्पदाको जीर्णोद्धार हुँदा एवं विशेष किसिमको भवन वा नयाँ मन्दिर निर्माण गरिँदा अझै जस्ताको तस्तै अभ्यासमा छ । काठमा आकर्षक डिजाइनमा कुँदेर बनाइने झ्याल तथा ढोकाहरू भने निजी भवनमा पनि प्रयोग गर्न सक्छौं । यसो गर्दा दुर्लभ कलाको जगेर्ना हुन्छ र आफ्नो निवासको आकर्षणलाई पनि थप जीवन्त बनाउँछ । कंक्रिटका आधुनिक निर्माणले सहर ढाकिँदा पनि घरमा परम्परागत कलाको नमुना राख्ने अवसर काठका झ्याल र ढोकाले दिन्छ । सिमेन्ट पोतिएको भित्तामा परम्परागत झ्याल राख्दा त्यति व्यावहारिक र सुहाउँदो नहुने भएकाले अल्मुनियमको झ्याल राख्ने चलन बढ्दै गएको छ । तर, जब घरको ढोकाको कुरा आउँछ, अझै पनि काठबाट निर्मित ढोकालाई अन्य कृत्रिम सामग्रीले प्रतिस्थापन गरेको छैन । हामी काठबाटै बनेको ढोका प्रयोग गर्दछौं । ढोका बनाइने उच्च गुणस्तरको काठ सजिलै उपलब्ध नहुने र परम्परागत बुट्टा तथा देवदेवी वा अन्य चित्र हातैले कुँदेर बनाउने चलन भएकाले काठका कलात्मक ढोकाको लागत भने तुलनात्मक रूपमा महँगो देखिन्छ । यद्यपि, यस्ता ढोकामा उच्च गुणस्तरको काठ मात्र प्रयोग गरिने भएकाले सदियौं टिकाउ हुन्छ र तत्कालका लागि महँगो भए पनि लामो समयलाई ढुक्क हुन सकिन्छ । जानकारका अनुसार नेपाली परम्परागत ढोकाका लागि प्रयोग हुने काठ चुरे पहाड तथा आसपास पाइने अग्राख भनिने नेपाली सालको काठ हो । सालको आयुबारे प्रचलित लोक उक्तिअनुसार साल रुखको रुपमा १ हजार वर्ष र ढलेपछि पनि १ हजार वर्ष नै टिक्न सक्ने भनाइ छ । यस्तो बलियो काठलाई फर्निचरमा ढाल्नु पहिले परम्परागत तरिकाले सिजनिङ गर्ने अर्थात् सुकाउने कार्य गरिन्छ । ढोका तथा अन्य फर्निचर बनाउन काठ राम्रोसँग सिजनिङ हुनु अनिवार्य छ । उचित तरिकाले सिजनिङ गरिएको काठबाट ग्रहक चाहनाअनुसार विभिन्न डिजाइन र नापका ढोका बनाउने गरिन्छ । परम्परागत काष्ठकलाका लागि प्रख्यात भक्तपुरका विभिन्न स्थान तथा उपत्यकाको केही अन्य ठाउँमा पनि यस्ता परम्परागत ढोका बनाइने फर्निचरका सोरुम तथा पसल रहेका छन् । भक्तपुरको शिवशंकर फर्निचरका सञ्चालक जयकृष्ण शिल्पकारका अनुसार घरको मूलढोका काठमा विभिन्न डिजाइन कोरेर बनाउन आउने ग्राहक अझै उत्तिकै छन् । उनका अनुसार हाल यस प्रयोजनका लागि उपयोग हुने काठ तराईको हेटौंडा, चितवन र बुटवलबाट आउने गर्दछ । छिटोछरितो सिजनिङका लागि मेसिन प्रयोग पनि हुन थालेको छ । ग्राहकले अर्डर दिएको मितिदेखि ढोका तयार हुन ढोकाको डिजाइन र साइजको आधारमा औसत दुई महिना लाग्दछ । डिजाइनकै आधारमा यस्तो ढोकाको मूल्य प्रतिवर्गफिट ६ हजारदेखि ८ हजारसम्म पर्दछ । यसको आधारमा औसत ढोकाको मूल्य १ लाखदेखि माथि पर्न जान्छ । कालिगढले मिहिनेत गरी बनाउने कलात्मक ढोकामा चन्द्र सूर्य, लक्ष्मी, गणेश, भगवान् विष्णु, सरस्वती, आदिको चित्र कुँदिएको पाइन्छ भने बौद्धमार्गी घरधनीका घरको ढोकामा भने कमल, चक्र, कलश आदिसहितको अष्टमंगलको चित्रलाई अत्यधिक रुचाइएको पाइन्छ । साथै, पञ्चबुद्ध, कुबेर, आदिको चित्र पनि यस्ता ढोकामा कुँदेको पाइन्छ । आध्यात्मिक विश्वास झल्काउने यस्ता चित्रका अलावा ढोकामा विभिन्न बुट्टाको पनि प्रयोग गर्न सकिन्छ ।

घरकी परदेशी

सहर आइसकेको खबर सरिताले उसको कानमा पारी। ऊ ओर्ली। ट्याक्सीवालाले 'बैनी कहाँ जाने?' भन्दै छन्। ऊ भने नसुने झैँ गरेर जेब्रा ब्याग काँधमा राखी माइक्रो चढी। ऊ झ्याल बाहिर हेरेर फेरि कल्पना गर्छे 'यो सहर आफैं बनेको छैन, यस्तो फोहोर छ, मलाई के बनाउला?'

घर निर्माणमा अनिवार्य भवन संहिता

काठमाडौं । ०७२ को विनाशकारी भूकम्पले धनजनको ठूलो क्षति गरायोे । त्यो क्षतिको प्रमुख कारण भूकम्पभन्दा पनि भवन निर्माण मापदण्ड अभाव र प्राविधिक ज्ञानको उपयोग नगरिनु पनि हो । हाल सरकारले घर (भवन) निर्माणमा भूकम्प प्रतिरोधात्मक व्यवस्थाको पालना गराउन कडाइ थालेको छ । भवन निर्माणका लागि आधारभूत निर्माणसम्बन्धी चार वटा मापदण्ड दस्तावेजमा लिपिबद्ध छन् । (क) नगर विकास ऐन, २०४५ (ख) भवन ऐन, २०५५ (ग) भवन संहिता, २०६०   (घ) बस्ती विकास, सहरी योजना तथा भवन निर्माणसम्बन्धी आधारभूत निर्माण मापदण्ड, २०७२ यिनमा भएका आधारभूत मापदण्ड ठाउँ विशेषअनुसार महानगरपालिका, नगरपालिका र गाउँपालिकामा फरक हुन सक्ने कानुनी व्यवस्था छ । तर, स्थानीय निकायहरूले लागू गर्ने मापदण्डको मूल आधार भने यिनै चार वटा दस्तावेज हुन् । यसमा बस्ती विकास, सहरी योजना तथा भवन निर्माणसम्बन्धी आधारभूत निर्माण मापदण्ड, २०७२ का नियमलाई प्रस्ट पार्ने प्रयास गरिएको छ । सबभन्दा पहिले केही प्राविधिक पदावली हेरौं । जग्गा उपयोग प्रतिशत (ग्राउन्ड कभरेज) : यो भनेको भवनको भुइँ तलाको क्षेत्रफल र भवन बन्ने जग्गा वा घडेरीको क्षेत्रफलको अनुपातलाई १०० ले गुणा गर्दा हुन आउने प्रतिशत हो । भुइँ क्षेत्रको अनुपात (एफ्एआर वा फ्लोर एरिया कभरेज): भवनको सम्पूर्ण तलामा निर्मित क्षेत्रफलको योगफललाई भवन बन्ने जग्गा वा घडेरीको क्षेत्रफलले भाग गरेर आएको भागफललाई यसले जनाउँछ । सडकको अधिकार क्षेत्र (राइट अफ वे) : ऐन, नियम तथा स्वीकृत मापदण्डले तोकेको सडकको चौडाइलाई यसले जनाउँछ । सेटब्याक : आफ्नो जग्गामा भवन बनाउँदा साँधसिमाना, सार्वजनिक सम्पत्ति र सडक अधिकार क्षेत्रबाट छाड्नुपर्ने न्यूनतम दूरीलाई यसले जनाउँछ । खुला क्षेत्र : बस्ती विकासभित्रको त्यस्तो क्षेत्र, जहाँ अत्यावश्यक सार्वजनिक पूर्वाधार सेवा विस्तार गर्नबाहेक कुनै भौतिक संरचना निर्माण निषेध गरिएको हुन्छ । भवनको वर्गीकरण भवन ऐन, २०५५ अनुसार भवन संहिताको तर्जुमा तथा कार्यान्वयन गर्ने प्रयोजनका लागि भवनलाई क, ख, ग र घमा गरी वर्गीकरण गरिएको छ । हरेक वर्गका लागि केही विशेष प्रावधान हुन्छन् । क वर्ग : विकसित मुलुकमा अपनाइएका भवन संहितासमेतको अनुसरण गरी इन्टरनेसनल स्टेट अफ आर्टमा आधारित हुने गरी बनाइने अत्याधुनिक भवन । ख वर्ग : प्लीन्थ एरिया एक हजार वर्ग फिटभन्दा बढी, भुइँतलासहित तीन तलाभन्दा बढी वा स्ट्रक्चरल स्पान ४.५ मिटरभन्दा बढी भएका भवन । ग वर्ग : प्लीन्थ एरिया एक हजार वर्ग फिटसम्म, भुइँ तलासहित तीन तलासम्म वा स्ट्रक्चरल स्पान ४.५ मिटरसम्म भएका भवन । घ वर्ग : खण्ड क), ख) र ग) मा लेखिएबाहेकका काँचो वा पाको इँटा, ढुंगा, माटो, बाँस, खर आदि प्रयोग गरी दुई तलासम्म बनाइने घर, छाप्रा । भवनको वर्गीकरणअनुसार मापदण्ड फरक–फरक भएजस्तै तराई क्षेत्र, पहाडी क्षेत्र र काठमाडौं उपत्यकामा छुट्टाछुट्टै मापदण्ड लागू गरेको देखिन्छ । उपत्यकाभित्र पनि ललितपुर र काठमाडौंमा फरक–फरक मापदण्ड रहेको छ । यहाँ मापदण्डको नमुनाको रूपमा काठमाडाैं महानगरपालिकाले लागू गरेको मापदण्डबारे चर्चा गरिएको छ । काठमाडौं महानगरले ऐतिहासिक, सांस्कृतिक, पुरानो सहर, पर्यटकीय वा पुरातात्विक क्षेत्रको आधारमा मापदण्ड निर्माण गरी लागू गरेको छ । सोहीअनुसार बेसमेन्टसम्बन्धी व्यवस्थामा दुई तलासम्मको बेसमेन्टसहित निर्माण गर्ने भए संधियारतर्फको सेटब्याक कम्तीमा तीन मिटर छाड्नुपर्नेछ । त्यसैगरी झ्याल, ढोका, बार्दली आदि राख्नुपरे कम्तीमा १.५ मिटर सेटब्याक छाड्नुपर्नेछ । पुरानो सहरी क्षेत्रमा सबैभन्दा माथिल्लो तलाको छानामा मात्र बढीमा ०.६० मिटरसम्मको सनसेड (टप) बाटो वा चोकतिर राख्न सकिनेछ । तर, चोकको कर्नरमा दुई वटा घरको साँधमा ४५० हुने गरी टप राख्नुपर्छ । पुरानो सहरी क्षेत्रबाहेक क्षेत्रमा ६ मिटर वा सोभन्दा बढी चौडाइ भएका सडकसँग जोडिएको कित्तामा भवन निर्माण गर्दा भुइँ तलामा व्यापारिक प्रयोजनका लागि सटर राख्न पाइनेछ । सटरतर्फको सेटब्याक कम्तीमा २ मिटर हुनुपर्छ । योजनाबद्ध आवासीय उप–क्षेत्रमा एफ्एआर ३.५ मिटर हुनेछ । त्यसैगरी स्थानीय सडकको क्षेत्राधिकारअन्तर्गत पुरानो सहरी क्षेत्रमा लागू गरिएको सडकको मापदण्डबाहेकका सम्पूर्ण सडकको न्यूनतम सेटब्याक १.५ मिटर कायम हुनेछ । कम्पाउन्ड वाल निर्माण गर्दा सडकको क्षेत्राधिकार (राइट अफ वे) नमिचिने गरी निर्माण स्वीकृति दिइनेछ । ५० मिटरभन्दा छोटो बाटो (कुल् डे स्याकरडेड एन्ड) को क्षेत्राधिकार ३ मिटर कायम गरी छेउबाट कम्तीमा १ मिटर सेटब्याक छाड्नुपर्नेछ । ५० मिटरभन्दा लामो सडकको क्षेत्राधिकार ४ मिटर कायम गरी १.५ मिटर सेटब्याक छाड्नुपर्नेछ । पुरानो सहरी क्षेत्रमा हाल कायम रहेका १.२ मिटरभन्दा साना गल्ली बाटोमा नयाँ संरचना निर्माण गर्दा कम्तीमा १.२ मिटर पुग्ने गरी बाटो कायम गरिनेछ । पुरानो सहरी क्षेत्रबाहेकका क्षेत्रमा बन्ने १७ मिटरभन्दा अग्ला सबै किसिमका भवनको हकमा भुइँ तला देखिने न्यूनतम सेटब्याक ५ मिटर हुनुपर्नेछ । भुइँ तलामा पार्किङ प्रयोजनका लागि निर्माण इजाजत लिने जग्गाले कम्तीमा ३ मिटरको बाटो छोएको हुनुपर्छ । काठमाडौं महानगरले अन्य मापदण्डमा आवासीय क्षेत्र, पुरानो सहरी क्षेत्र र उप–क्षेत्र गरी विभाजन गरेर मापदण्ड तय गरेको देखिन्छ । महानगरले यसबाहेक अन्य व्यवस्था काठमाडौं उपत्यकाका महानगर, नगरपालिका एवं नगरोन्मुख गाविसहरूमा गरिने निर्माणसम्बन्धी मापदण्ड, २०६४, बस्ती विकास, सहरी योजना तथा भवन निर्माणसम्बन्धी आधारभूत निर्माण मापदण्ड, २०७२ अनुसार हुने स्पष्ट लेखेको देखिन्छ । काठमाडौं महानगरपालिका र त्यसअन्तर्गतका स्थानीय क्षेत्रमा भवन निर्माण गर्दा माथिका मापदण्ड पालना नगरी बनाइएका भवनको नक्सा पास हुने छैन भने ती भवन महानगरको अभिलेखको रूपमा मात्र रहने स्पष्ट नियम छ ।

जेनेभादेखि प्यारिससम्म

पवन आलोक   मायालु बतासको कोमल स्र्पले मन आनन्दित भयो । झ्याल खोलेर हेरेँ, सहर पूरै ब्युँझिएको प्रतीत हुन्छ । पर जेनेभा लेकमा साना–ठूला जहाजहरू तैरिरहेछन् । मन्द–मन्द बतास चलेको छ । रेखा र म आ–आफ्ना सुटकेस गुडाउँदै लिफ्टबाट होटेलको लबीमा झर्छौँ । आज स्वीट्जरल्यान्डलाई बाइबाइ गर्दै फ्रान्सको राजधानी प्यारिस जाने क्रममा छौँ...