सरकारले तोकेकोभन्दा बढी शुल्क लिएको उजुरीपछि काठमाडाँै जिल्ला प्रशासन कार्यालयले काठमाडौँ मेडिकल कलेज (केएमसी) र ह्याम्स अस्पताललाई बुधबार स्पष्टीकरण सोधेको छ ।
कोरोना सङ्क्रमितको उपचारका लागि केएमसी अस्पतालले दैनिक ३० हजार रुपियाँसम्म र ह्याम्स अस्पतालले दैनिक ५० हजार रुपियाँसम्म शुल्क सूची सार्वजनिक गरेपछि स्पष्टीकरण सोधिएको प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले बताउनुभयो ।
सरकारले तोकेकोभन्दा बढी शुल्क लिएमा कानुनी कारबाही हुने चेतावनी दिइएको छ ।