सत्यमोहन जोशीको अवस्था सन्तोषजनक : चिकित्सक

वाङ्‍मय शताब्दी पुरुष सत्यमोहन जोशीको स्वास्थ्य अवस्था सन्तोषजनक रहेको चिकित्सकहरूले बताएका छन् । १०२ वर्षीय जोशीलाई छाती दुख्नुका साथै र पिसाबमा गडबडी भएपछि गत वैशाख १ गते करिब दिउँसो ४ बजे शिक्षण अस्पताल पुगेका थिए ।हिजो राति साढे ११ बजे देखि मुटुको चालमा अस्थिरता भएको कारण सूक्ष्म निगरानीका लागि उनलाई आईसीयू केयरमा स्थानान्तरण गरी थप उपचार अगाडि बढाइएको अस्पतालको भनाइ छ । हाल उनमा पिसाब सम्बन्धी सङ्क्रमण, मुटु सुन्निएको र मुटुको चालसम्बन्धी श्वासप्रश्वास नलीको फाइब्रो ब्रोकिएक्टेसिस समस्य

सम्बन्धित सामग्री

अर्थतन्त्रको बढ्दो ज्वरो

नेपाली अर्थतन्त्रमा समस्या छ भन्ने तथ्य अब लुकाइरहने विषय रहेन । आधिकारिक तथ्याङ्क बाहिर आइरहेका छन् । तिनले मौजुदा आर्थिक परिसूचक सन्तोषजनक छैनन् भन्ने तथ्य स्वयं बोल्छ । ज्वरो अझै बढ्ने देखिँदै छ । चिकित्सक गम्भीर हुने बेला हो यो तर अधिकारीहरू दैनिकजसो ज्वरो बढाउन बोलिरहेका छन् । अर्थतन्त्रको वास्तविक अवस्थाभन्दा आरोप–प्रत्यारोपको बहसझैँ चलेको छ । त्यो आरोप र प्रत्यारोप कार्यव्यवहारमा समेत परिवर्तन हुँदै छ । यो कार्य नेपाल राष्ट्र बैङ्कका गभर्नर महाप्रसाद अधिकारीलाई निलम्बन गरेर सुरु भएको छ ।