भारत र अष्ट्रेलियाबीचको पहिलो टेष्ट नागपुरमा, पाहुनालाई शुरुआतमै झड्का
भारत र अष्ट्रेलियाबीचको पहिलो टेष्ट क्रिकेट नागपुरमा शुरु भएको छ । खेलमा टस जितेर पहिले ब्याटिङ गरिरहेको पाहुना टिम अष्ट्रेलियालाई शुरुआतमै झड्का लागेको छ ।
आईसीसी यू–१९ विश्वकप क्रिकेटको उपाधिका लागि भारत र अष्ट्रेलिया भिड्ने भएका छन्। आइतबार हुने फाइनल खेलमा यी दुई टोलीले प्रतिस्पर्धा गर्नेछन्। बिहीबार भएको दोस्रो सेमिफाइनल खेलमा अष्ट्रेलियाले पाकिस्तानलाई पराजित गरेसँगै फाइनल समीकरण पूरा भएको हो। गएराति सकिएको खेलमा पाकिस्तानले दिएको १ सय ८० रनको लक्ष्य अष्ट्रेलियाले ४९ दशलमव १ ओभरमा ९ विकेट गुमाउँदै पूरा गर्यो। अष्ट्रेलियाको जितमा ह्यारी डिक्सनले ५० रन बनाए। ओलिभर पिएक ४९ रनमा आउट भए। पाकिस्तानका अलि राजाले ४ तथा अरफत मिन्सा
एजेन्सी – आयोजक भारत र अष्ट्रेलिया आइसिसी विश्व कप क्रिकेट उपाधिका लागि आइतबार भिड्दैछन् । यसपटक भारतको फाइनल सम्मको यात्रा अष्ट्रेलियाको तुलनामा निकै सहज रहेको थियो । अष्ट्रेलियाले भने लिग राउन्डदेखि नै संघर्ष गर्दै अघि बढेको हो । भारत शीर्षस्थानमा रहँदै सेमिफाइनल पुग्दा अष्ट्रेलिया भने तेस्रो स्थानमा रहेर अघि बढेको थियो । सेमिफाइनलमा भारतले न्यूजिल्यान्डलाई […]
The post विश्व कप फाइनल –भारत र अष्ट्रेलिया २ दशकपछि एकअर्काको सामना गर्दै first appeared on हाम्रो खेलकुद.
काठमाण्डौ – आर्थिक सहयोगलाई बलियो बनाउने उद्देश्यले भारत र अष्ट्रेलियाले आप्रवासन सम्झौताको घोषणा गरेका छन् ।
अष्ट्रेलिया भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र समकक्षी एन्थोनी अल्बानीजबीच सम्झौतामा सहमति भएको हो ।
सम्झौताको उद्देश्य विद्यार्थी, स्नातक, शैक्षिक अनुसन्धानकर्ता र व्यवसायी व्यक्तिको दुईतर्फी गतिशीलतालाई बढावा दिनु रहेको अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।
यस्तै, मोदीले भारत र अष्ट्रेलियाको सम्बन्ध सुमधुर भइरहेको पनि बताउनु भएको छ । उहाँले दुई देशबीचको सम्बन्धले विश्वमै प्रभाव पार्ने ...
एजेन्सी – उत्कृष्ट ब्याटिङ गर्दै दुवै टोलीको तर्फबाट गरि चार सानदार शतक प्रहारपछि भारत र अष्ट्रेलियाबीचको चौथो टेस्ट खेल ड्रमा सकिएको छ । अष्ट्रेलिया दोस्रो इनिङमा १७५–२ को अवस्थामा पाँचौं दिनको खेल सकिएपछि खेल ड्र भएको हो । योसँगै चार टेस्ट खेलको सिरिज भारतले २–१ ले जितेको छ । उता न्युजिल्यान्डले श्रीलंकालाई हराएसँगै भारत आइसिसी […]
काठमाण्डौ – अष्ट्रेलियासँगको पहिलो टेष्ट क्रिकेट भारतले जितेको छ । नागपुरमा भएको खेलमा भारत एक पारी र एक सय ३२ रन ले विजयी भएको हो ।
पहिलो पारीमा दुई सय २३ रनले पछि परेको अष्ट्रेलिया आज दोस्रो पारीमा ९१ रनमै अलआउट भयो । दोस्रो पारीमा अष्ट्रेलियाका स्टेभिन स्मिथले सर्वाधिक २५ रन बनाउनुबाहेक अरुले गतिलो ब्याटिङ गरेनन् ।
भारतका रविचन्द्रन आश्विनले पाँच तथा मोहम्मद शामी र रवीन्द्र जडेजाले २/२ विकेट लिए । यसअघि अष्ट्रेलिया पहिलो पारीमा एक सय ७७ रनमा अलआउट भएको थियो भने भारतले चार सय रन बनाएको थियो ।
४...
भारतसँगको पहिलो टी–२० क्रिकेटमा अष्ट्रेलिया विजयी भएको छ । मोहालीमा गएराति भएको खेलमा घरेलु टोली भारत अष्ट्रेलियासँग ४ विकेटले पराजित भयो ।
जितसँगै ३ खेलको टी–२० श्रृंखलामा अष्ट्रेलियाले १–० को अग्रता बनाएको छ । भारतले दिएको २ सय ९ रनको लक्ष्य अष्ट्रेलियाले १९ ओभर २ बलमा ६ विकेट गुमाएर भेट्टायो । अष्ट्रेलियाका क्यामरुन ग्रीनले ६१ रनको अर्धशतकीय पारी खेले । त्यस्तै म्याथ्यु वेडले अविजित ४५ रन बनाए । भारतका अक्षर पटेलले ३ तथा उमेश यादवले २ विकेट लिए ।
त्यसअघि पहिले ब्याटिङ गरेको भारतले २० ओभ...
काठमाण्डाै – आईसीसी टी–२० विश्वकप २०२२ को आफ्नो पहिलो खेलमा भारत र पाकिस्तान तथा अष्ट्रेलिया र न्यूजिल्याण्ड खेल्ने भएका छन् ।अन्तर्राष्ट्रिय क्रिकेट परिषद् आईसीसीले टी–२० विश्वकपको खेल तालिका र समूह सार्वजनिक गरेको छ । भारत र पाकिस्तान एकै समूहमा परेका छन् । सुपर १२ को समूह एकमा इंग्ल्यान्ड, न्युजिल्यान्ड, अष्ट्रेलिया, अफगानिस्तानसँगै पहिलो चरणको समूह ए को विजेता र समूह बी को उपविजेता रहनेछन् ।समूह दुईमा भारत, पाकिस्तान, दक्षिण अफ्रिका, बंगलादेशसँगै पहिलो चरणको समूह बी को विजेता र समूह ए को उपविजेता रह...
एजेन्सी। आईसीसी ट्वान्टी–२० विश्वकप २०२१ मा भारत र पाकिस्तान एउटै समूहमा परेका छन्। समूह दुईमा भारत र पाकिस्तानबाहेक न्युजिल्यान्ड र अफगानिस्तान छन्। समूह एकमा इङ्ल्यान्ड, अष्ट्रेलिया, दक्षिण अफ्रिका र वेष्ट इन्डिज छन्। पहिलो चरणको समूह ‘ए’मा श्रीलंका, आयरल्यान्ड, नेदरल्यान्ड्स र नामिबिया छन्। समूह ‘बी’मा बंगलादेश, स्कटल्यान्ड, पीएनजी र ओमान छन्। ‘ए’को विजेता र ‘बी’को उपविजेताले समूह एकमा प्रतिस्पर्धा गर्नेछन्।
भारतबाट अष्ट्रेलियाका लागि हुने उडानका लागि अस्थायी रूपमा लगाइएको रोक मे १४ को मध्यरातदेखि हटेको। अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले शुक्रबार सो जानकारी दिएका हुन्।उडानपूर्व कोभिड–१९ नियनत्रणका लागि अपनाउनुपर्ने नियमको कडा रूपमा पालना गराइएको छ।अष्ट्रेलिया सरकारले व्यवसायिक उडानहरूमा कडाइका साथ नियमको पालना गर्ने शर्तमा उडानहरूलाई सञ्चालनमा ल्याइने भएको हो। अष्ट्रेलियाका प्रधानमन्त्री मोरिसनले फेसबुक पोस्टमार्फत् उक्त जानकारी गराएका छन्। पोष्टमा भनिएको छ, '