भारतसँगको पहिलो टी–२० क्रिकेटमा अष्ट्रेलिया विजयी भएको छ । मोहालीमा गएराति भएको खेलमा घरेलु टोली भारत अष्ट्रेलियासँग ४ विकेटले पराजित भयो ।
जितसँगै ३ खेलको टी–२० श्रृंखलामा अष्ट्रेलियाले १–० को अग्रता बनाएको छ । भारतले दिएको २ सय ९ रनको लक्ष्य अष्ट्रेलियाले १९ ओभर २ बलमा ६ विकेट गुमाएर भेट्टायो । अष्ट्रेलियाका क्यामरुन ग्रीनले ६१ रनको अर्धशतकीय पारी खेले । त्यस्तै म्याथ्यु वेडले अविजित ४५ रन बनाए । भारतका अक्षर पटेलले ३ तथा उमेश यादवले २ विकेट लिए ।
त्यसअघि पहिले ब्याटिङ गरेको भारतले २० ओभ...