धौलागिरी अस्पतालमा जीवनजलको अभाव

बाग्लुङ । बाग्लुङस्थित धौलागिरी अस्पतालमा एक सातादेखि जीवनजलको अभाव भएको छ । सरकारले निशुल्क दिने जीवनजल अस्पताल परिसरमा रहेका दुईवटै फार्मेसीमा नपाइएपछि विरामीहरु अन्यन्त्रबाट जीवनजल किन्न बाध्य भएका छन् । फार्मेसीमा जीवनजल मात्रै नभएर २५ वटा अत्यावश्यक औषधीको समेत अभाव भइरहेको छ । खरिद ऐनका कारण अस्पतालमा औषधिको अभाव भएको फर्मेसी इन्चार्ज सन्तोष सुवेदीले बताउनुभयो […]

सम्बन्धित सामग्री

धौलागिरी अस्पतालमा जनशक्ति अभाव, समयमै उपचार नपाएको बिरामीको गुनासो

भदौ ८, बागलुङ । धौलागिरी अस्पताल बागलुङमा दरबन्दी अनुसार मेडिकल अधिकृत, विशेषज्ञ र चिकित्सकहरु अस्पतालनमा नहुँदा सर्वसाधरण मारमा परेका छन् । कोरोना महामारीका बीच पनि सबै किसिमका सेवा प्रवाह गर्दै आएको अस्पतालमा दरबन्दी अनुसारका चिकित्सकहरु नहुँदा सेवा प्रवाहमा समस्या भएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष केवि राना मगरले बताए । १६ जना स्थायी विशेषज्ञको दरबन्दी रहेको अस्पतालमा हाल एक जनामात्रै विशेषज्ञ चिकित्सक (निमित्त मेडिकल सुपरिटेण्डेन्ट डाक्ट शैलेन्द्र वि.क. पोखरेल) कार्यरत रहेका छन् । अस्पतालमा अहिले १० जना विशेषज्ञ चिकित्सक करारमा कार्यरत छन् । उनीहरु छात्रवृत्ति करारको हुन् ।  यस्तै ६ जना स्थायी दरबन्दी रहेको मेडिकल अधिकृतमध्ये अहिले एक जनामात्रै अस्पतालमा कार्यरत रहेका छन् । मेडिकल अधिकृत रविनबाबु पौडेलको पनि सरुवा पत्र आइसकेकोले अब मेडिकल अधिकृत नहुने पक्का भइसकेको अस्पतालका मेडिकल रेकर्डर नवराज पौडेलले बताए ।  उनले अस्पतालमा अहिले जम्मा पाँच जना मेडिकल अधिकृत कार्यरत रहेको र दुई जनाको करार अवधि सकिन दुई महीना मात्र आवधि रहेको बताए । अस्पतालमा अहिले दुई जना फिजिसियन रहेका छन् ।  जनशक्ति अभावले बन्द हुने अवस्थामा आईसीयू जनशक्ति अभावकै कारण धौलागिरी अस्पतालमा रहेको सघन उपचार कक्ष (आइसियु) बन्द हुने अवस्थामा पुगेको छ । गण्डकी प्रदेशको तत्कालिन सामाजिक विकास मन्त्रालयले तीन महिना अघि पाँच जना मेडिकल अधिकृतको सरुवा पछि डाक्टर नपठाउँदा आईसीयु सेवा बन्द गर्ने अवस्थामा पुगेको अस्पतालले जानकारी दिएको छ । धौलागिरी अस्पतालमा तीन बेडको आईसीयू र दुई भेन्टिलेटर सहितको सघन उपचार कक्ष सञ्चालनमा रहेको छ । तत्कालिन सामाजिक विकास मन्त्रालयले तत्कालै अन्य डाक्टर पठाउने शर्तमा डा. प्रनिता राजभण्डारी, सुप्रिया पौडेल र आकाश चित्रकार लगायत पाँच जना डाक्टरको एकैसाथ सरुवा भएको थियो ।  कोरोना महामारीको कारण ओपिडी सेवा बन्द भएको अवस्थामा डाक्टरको सरुवा पश्चत अन्य मेडिकल अधिकृतलाई आईसीयूको जिम्मेवारी दिएर सञ्चालनमा ल्याएपनि अहिले ओपिडी सञ्चालन भएको र हालसम्म डाक्टर थप हुनुको सट्टा घट्दै जान थालेपछि आईसीयू सेवा बन्द हुने अवस्थामा पुगेको अस्पतालका मेडिकल निमित्त मेडिकल सुपरिटेण्डेन्ट डाक्टर शैलेन्द्र विक पोखरेलले बताए । डाक्टर पोखरेले अस्पतालमा जनशक्ति नहुँदा काम गर्न गाह्रो भएकोले डाक्टर ल्याउनको लागि काठमाडौं र पोखरा धाइरहेको भएपनि कतैबाट सुनुवाई नभएको गुनासो गरे । उनले अहिले अस्पतालमा करारमा रहेका डाक्टरहरुको पनि समय सकिन लागेकोले तत्कालै चार पाँच जना मेडिकल अधिकृत ल्याउन नसके आईसीयू सेवा बन्द गर्नुपर्ने अवस्था आउने बताए ।  जनशक्तिको अभावले समयमै सेवा पाउँदैनन् बिरामी अस्पतालमा समयमै उपचार नपाएको विरामीहरुले गुनासो गरेका छन् । अस्पतालमा जनशक्ति अभाव रहेपनि कार्यरत डाक्टरहरुले समयमा सेवा नदिँदा विरामीहरुले समयमै उपचार नपाएको गुनासो गरेका हुन् ।  मंगलवार उपचार गराउन बिहान साढे ९ बजे अस्पताल पुगेका काठेखोला गाउँपालिका वडा नम्बर ३ धम्जाका मेघनाथ निउरेले डाक्टर साढे ११ बजेसम्म नआएको गुनासो गरे । उनले ओपिडिमा टिकट काटेर लाइनमा बसेपनि साढे ११ बजेसम्म डाक्टर नआएको गुनासो गरेका हुन् । यता अस्पताल प्रशासनले भने विशेषज्ञ चिकित्सक र डाक्टरहरुको अभाव रहेको र अहिले कार्यरत डाक्टरहरुले आइसोलेसन र ओपिडि हेर्नुपर्ने भएकाले ढिलो भएको हुनसक्ने बताए । अस्पतालका मेडिकल रेकर्डर पौडेलले बुधवार ड्युटिमा रहेका डाक्टर आफै अस्वस्थ भएको कारण ढिलो आएको जानकारी गराएको बताए । ‘बिरामीहरुको गुनासो आएपछि हामीले डाक्टरलाई सम्पर्क गरेका थियौ, उनले भने ‘डाक्टरले आफू अस्वस्थ रहेकोले ड्युटीमा आउन ढिलो भएको बताउनुभयो ।’ बागलुङलाई सुगममा राखिएपछि आउन मानेनन् डाक्टर स्वास्थ्य क्षेत्र अन्तरर्गत बागलुङ जिल्लालाई सुगम जिल्लामा समावेश गरिएपछि चिकित्सकहरु धौलागिरी अस्पतालमा आउन नमानेको अस्पताल व्यवस्थापन समितिले बताएको छ ।  पहिले दूर्गमको सुचिमा समावेश बागलुङ अहिले सुगममा परेपछि डाक्टरहरु बागलुङ आउन नमानेको प्रदेश र केन्द्र सरकारले जनाएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष रानाले बताए । ‘अहिले बागलुङलाई सुगम जिल्लामा समावेश गरिएको रहेछ,’ अध्यक्ष रानाले भने ‘बढुवा र सरुवाको लागि सुगमको जिल्लामा काम गरेमा कम नम्बर र दूर्गममा काम गरे बढी नम्बर आउने, दूर्गम जिल्लामा काम गरेमा पढ्न जान पाइने भएकोले डाक्टरहरु आउन नमानेको भन्ने जानकारी पाएका छौं ।’  आफूले चिकित्कसको दरबन्दीको विषयमा पटक–पटक प्रदेश मन्त्रालयमा कुरा उठाए पनि सुनुवाइ नभएको अध्यक्ष रानाले बताए । अध्यक्ष रानाले भएका चिकित्सकहरुको पनि सरुवा गरिदिने र नयाँलाई नपठाउने गरेकोले अहिले जनशक्ति अभाव भएको बताए । ‘मैले हिजो पनि प्रदेशमा मुख्यमन्त्री, स्वास्थ्यमन्त्री र अर्थमन्त्रीसँग डाक्टर पठाइदिन कुरा गरे,’ अध्यक्ष रानाले टेलिफोनमा कुरा गर्दै भने ‘उनीहरुले विज्ञापन गरेर मात्र डाक्टर पठाउन सक्ने बताउँदै विज्ञापन गर्दैछौं भने ।’