चितवन : भरतपुरमा ट्रकले ठक्कर दिँदा बालिकाको मृत्यु भएको छ। जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका अनुसार भरतपुरबाट टाँडीतर्फ गइरहेको बागमती प्रदेश ०३–००१ ख १३०६ नम्बरको ट्रकले सडकमा रहेकी २ वर्षे बालिकालाई आज दिउँसो करिब १ बजे ठक्कर दिएको हो।भरतपुर महानगरपालिका वडा नम्बर १२ का विनोद जोशीका दुई वर्षे छोरीको ठक्करबाट मृत्यु भएको ट्राफिक प्रहरी कार्यालय, चितवनका प्रमुख भगवानराज थापाले जानकारी दिए। बालिकालाई ठक्कर दिएपछि आक्रोशित स्थानीयले ट्रकमा आगजनी गरेका छन्।ट्रक जलेर ध्वस्त भएको छ।