चैत १५, काठमाडौं । स्थानीय बजारमा मंगलवार सुनको मूल्य १ लाख रुपैयाँभन्दा तल झरेको छ ।
यो दिन सुनको तोलामा १ हजार ३०० रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलवार सुनको मूल्य प्रतितोला ९९ हजार २०० रुपैयाँ कायम भएको छ । अघिल्लो कारोबार दिन अर्थात् सोमवार सुनको मूल्य प्रतितोला १ लाख ५०० रुपैयाँमा खरीदविक्री भएको थियो ।
यस्तै, चाँदीको मूल्य पनि ओरालो लागेको छ । यो दिन चाँदीको मूल्य तोलामा १० रुपैयाँले घटेर १ हजार ३७० रुपैयाँमा कायम भएको छ ।सोमवार भने मूल्य प्रतितोला १ हजार ३८० रुपैयाँमा किनबेच भएको थियो ।
त्यस्तै, अन्तरराष्ट्रिय बजारमा पनि यो दिन सुनको मूल्य घटेको छ । मंगलवार न्यूयोर्क मर्कन्टाइल एक्सचेञ्जको कोमेक्स डिभिजनमा स्पट गोल्डको मूल्य प्रतिऔंस १ हजार ९२३ दशमलव ७२ डलर पुगेको छ ।
त्यसैगरी, यो दिन अमेरिकी डलरको मूल्य भने स्थिर रहेको छ । मंगलवार एक अमेरिकी डलरको विक्रीदर१२२ रपैयाँ १६ पैसा कायम भएको छ । अघिल्लो कारोबार दिन डलरको विक्रीदर १२२ रुपैयाँ २२ पैसा रहेको थियो ।