१३ कात्तिक, काठमाडौं । महाकाली नदीपारि सडक निर्माणका क्रममा भारतीय पक्षले गराएको विस्फोटबाट उछिट्टिएको ढुंगा लागेर दार्चुलामा नेपाली बालकको मृत्यु भएको घटनालाई लिएर नेपालले भारतलाई कूटनीतिक नोट पठाएको छ । विस्फोटमा परी दार्चुलाको व्यास गाउँपालिकाका ९ वर्षीय बालक पवन महराको मृत्यु भएको विषयमा आइतबार परराष्ट्र मन्त्रालयले काठमाडौंस्थित भारतीय राजदूतावासमार्फत भारतलाई कूटनीतिक नोट पठाएको हो । […]