काठमाण्डाै - प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भारतको चार दिने औपचारिक भ्रमण पूरा गरेर स्वदेश फर्कनुभएको छ ।नेपाल फर्कने क्रममा प्रधानमन्त्री प्रचण्डलाई नयाँ दिल्लीको इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा भारतीय विदेश राज्यमन्त्री मिनाक्षी लेखीले बिदाइ गर्नुभयो ।यस्तै, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उहाँलाई सभामुख देवराज घिमिरे, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, उपप्रधानमन्त्रीहरु पूर्णबहादुर खड्का र नारायणकाजी श्रेष्ठ, मन्त्रीहरु, पार्टीका नेता लगायतका स्वागत गरेका छन् ।विमानस्थलमै भएको पत्रकार सम्मेलनमा प्...