काठमाडौं । पूर्वमिस नेपाल वर्ल्ड श्रृंखला खतिवडाले प्रतिष्ठित अमेरिकी विश्वविद्यालय हावर्डबाट सहरी विकास विषयमा स्नातकोत्तर उत्तीर्ण गरेकी छन् । उनले ग्राजुएसन गरेको क्षणलाई तस्वीरमार्फत सेयर गर्दै खुसी बाँडेकी छन् । ‘मैले ग्राजुएसन गरें । अब तपाईंले मलाई आर्किटेक्ट र अर्बन प्लानर भन्न सक्नुहुन्छ,’ उनले इन्स्टाग्राममा लेखेकी छन् । दीक्षितस्वरुपको कालो पोसाक र प्रमाणपत्रको उक्त तस्वीरमा […]
काठमाडौं । पूर्वमिस नेपाल श्रृंखला खतिवडा र भ्लगर सिसन बानियाँबीच केही समय प्रेमको चर्चा चल्यो । मिस वल्र्डमा भाग लिने समयदेखि नै सिसन र श्रृंखला निकट भए । देश–विदेशमा घुम्नदेखि सामाजिक सञ्जालमा मायालाई अभिव्यक्तसम्म गरे । तर केही महिनाअघि एकले अर्कोलाई इन्स्टाग्राममा अनफलो गरेपछि यी दुईबीच सम्बन्धमा ठिकठाक नरहेको चर्चा चल्यो । केही दिनअघि एक […]
काठमाडौं । लोकगायनमा आधारित रियालिटी शो ‘हिमालय लोकस्टार नेपाल’को दोस्रो सिजन माघ ३ गतेदेखि हिमालय टेलिभिजनबाट प्रसारण हुने भएको छ । महत्वपूर्ण कुरा के छ भने यो सिजनलाई पूर्वमिस नेपाल नम्रता श्रेष्ठले होस्ट गर्ने भएकी छन् । ‘नम्रतालाई होस्टको रुपमा हार्दिक स्वागत गर्दछौं,’ लोकस्टारले जनाएको छ । यसअघि कार्यक्रमको होस्ट तथा ब्राण्ड आइकनको रुपमा गायक […]
काठमाडौं । पूर्वमिस नेपाल अस्मी श्रेष्ठ र भारतीय गायक सनम पुरीले झण्डै तीन वर्ष डेट गरे । प्रेममा रहँदा दैनिकजसो रोमान्टिक तस्वीर इन्स्टाग्राममा पोस्ट गरिरहन्थे । सामाजिक सञ्जालका पोष्ट हेर्दा उनीहरु सम्बन्धमा गम्भीर मात्र थिएनन्, भविष्यको योजना पनि बनाइरहेका थिए । तर केही समययता यी दुईबीचको रोमान्स टुंगिएको जनाइएको छ । अस्मी र सनम दुवैले […]
पूर्वमिस नेपाल सदीक्षा श्रेष्ठ विवाह बन्धनमा बाँधिने भएकी छन् । उनले प्रेमी राहुल मोक्तानसँग विवाह गर्न लागेकी हुन् । उनको र राहुलको विवाह समारोह मंगलबार आयोजना गरिएको मिस नेपाल आयोजकले जनाएको छ ।नेवारी परम्पराअनुसार उनले विवाह गर्न लागेकी हुन् । विवाहमा आफन्त र निकट व्यक्तिलाई मात्र निम्तो गरिएको बताइएको छ । सदीक्षा र राहुल विगत एक वर्षदेखि प्रेममा रहेका थिए । सदीक्षा २०१० की मिस नेपाल हुन् ।
पूर्वमिस नेपाल तथा मोडल इशानी श्रेष्ठले व्यापारी तरुणप्रताप शाहसँग इन्गेजमेन्ट गरेकी छन् । सोमबार सोल्टीमोडस्थित न्यू हायात होटलमा इशानी र तरुणप्रतापको इन्गेजमेन्ट भएको हो । दुवैतर्फको परिवारका सीमित सदस्यको उपस्थितिमा इशानी र तरुणको टीकाटालो (इन्गेजमेन्ट) भएको मिस नेपाल आयोजक संस्थाका प्रमोद कंसाकारले जानकारी दिए । समारोहमा दुबैले एक अर्काेलाई औँठी लगाइदिएका थिए । इशानी र तरुणप्रतापको विवाह समारोह भने आगामी पुस ६ गते आयोजना हुँदैछ । सन् २०१३ मा मिस नेपालको उपाधि विजेता इशानीले यसै बर्ष &ls
२३ फागुन, काठमाडौं । पूर्वमिस नेपाल अनुष्का शर्माले सिर्जनात्मक उद्यम प्रारम्भ गरेकी छिन् । काभ्रेबाट ताजा खुवा ल्याएर त्यसलाई नेपाली डेजर्ट ब्राण्ड ‘माक्कुसे’मा परिणत गरेकी उनले उत्पादन बजारमा पठाउन समेत सुरु गरेकी छिन् । गुदपाक र पुस्टकारीको नेपाली रेसिपी पुनर्जीवित गर्दै ‘माक्कुसे’ ब्राण्डमा उनका उत्पादन अब बजारमा उपलब्ध भएका हुन् । काठमाडौंमा परम्परागत रुपमा उत्पादन […]