समाज लघुवित्त र स्वस्तिकको मर्जर ९ महिनादेखि अलपत्र

१२ असोज, काठमाडौं । समाज लघुवित्त वित्तीय संस्था र स्वस्तिक लघुवित्त वित्तीय संस्थाबीच भएको मर्जर सम्झौता अलपत्र परेको छ । समाज लघुवित्त वित्तीय संस्थाले साधारणसभाबाट प्रस्ताव पारित गराउन नसक्दा मर्जर अलपत्र परेको हो । मर्जरका लागि नेपाल राष्ट्र बैंकले सैद्धान्तिक सहमतिसमेत दिइसकेको छ । राष्ट्र बैंकका प्रवक्ता देवकुमार ढकालका अनुसार सैद्धान्तिक सहमति पाएको तीन महिनाभित्र […]

सम्बन्धित सामग्री

समाज लघुवित्तले प्रस्ताव गर्‍यो लाभांश, बोनस शेयर कति ?

काठमाडौं । समाज लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक वर्ष २०७८/७९ सम्मको सञ्चिति मुनाफाबाट शेयरधनीलाई लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीले हाल कायम चुक्ता पूँजीको १४ दशमलव २५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि शून्य दशमलव ७५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । यो प्रस्ताव नेपाल राष्ट्र बैंकबाट स्वीकृति पाएपछि र कम्पनीको आगामी साधारण सभाबाट पारित भएपछि शेयरधनीले पाउनेछन् । कम्पनीले पहिलो पटक शेयरधनीलाई लाभांश वितरण गर्न लागेको हो ।  हाल कम्पनीको शेयर कारोबार रोक्का रहेको छ । कम्पनीको शेयर २०७७ असोज ८ गते देखि रोक्का रहेको छ । आईपीओ सूचीकृत भएकै दिनदेखि कम्पनीको शेयर कारोबार रोक्का भएकोे थियो । यस समाज लघुवित्त र स्वस्तिक लघुवित्तसँग मर्जरमा जाने प्रारम्भिक सम्झौता भएसँगै कारोबार रोक्का भएको हो । लामो समयदेखि यी दुवै लघुवित्तबीचको मर्जर टुंगोमा लाग्ने सकेको थिएन । गत जेठमा भने दुवै लघुवित्तबीचको मर्जर प्रक्रिया तोडिएको छ । कम्पनीको शेयर कारोबार फुकुवाका लागि नियामक नेपाल धितोपत्र बोर्ड (सेबोन), नेपाल स्टक एक्सचेन्ज (नेप्से), सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेड र शेयर रजिष्ट्रारमा जेठ ३२ गते पत्र पठाइएको जानकारी दिएको छ । शेयर कारोबार फुकुवाका लागि पत्र पठाइसकेकाले असारभित्रै कारोबार शुरु हुन सक्ने कम्पनीको अनुमान छ ।   हेर्नुस् सूचना

मर्जर प्रस्ताव पारित गर्न समाज र स्वस्तिक लघुवित्तले आज विशेष साधारण सभा गर्दै

जेठ ११, काठमाडौं । एकापसमा मर्जरमा जान लागेका समाज लघुवित्त र स्वस्तिक लघुवित्त वित्तीय संस्थाको विशेष साधारण सभा मंगलवार हुँदैछ ।  समाज लघुवित्तको दिउँसो २ बजे जानकी फेमीली होटल एण्ड लज मलंगवा, सर्लाहीमा हुँदैछ भने स्वस्तिक लघुवित्तको पनि दिउँसो २ बजेबाट लहानको होटेल नेमानमा शुरु हुनेछ ।सभामा दुबै कम्पनीले एकापसमा मर्जरमा हुने प्रस्ताव पारित गर्नेछन् । यी दुबै लघुवित्त १ : १ को स्वाप रेशियोमा मर्जरमा जान लागेका हुन् । सभाले मर्जपछि कम्पनीको नाम स्वस्तिक समाज लघुवित्त वित्तीय संस्था राख्ने प्रस्ताव पनि पारित गर्नेछन् ।  त्यसैगरी मर्जरपछि कम्पनीको जारी पूँजी, चुक्तापूँजी वृद्धि हुने भएकाले सोही अनुसार नियमावली संशोधन गर्ने प्रस्ताव पनि रहेको छ । यी दुबै कम्पनी एकापसमा मर्जर भएपछि बन्ने कम्पनीको केन्द्रीय कार्यालय सिराहाको लहानमा राख्ने प्रस्ताव पनि पारित हुनेछ ।  गत असोज ५ गते दुबै कम्पनी बीच एकापसमा मर्जरमा जाने सम्झौता भइसकेको छ । समाज लघुवित्तले आईपीओ निष्सकान गरिसकेको छ भने स्वीतक लघुवित्तले आईपीओ निष्कासन गरेको छैन ।