उदयपुर- चार वर्षअघि बाढीको चपेटामा परेका वेलका नगरपालिका वडा नं १ र २ का बाढीपीडित यस वर्ष पनि उच्च जोखिममा रहेका छन् । बाढीको जोखिम कम गर्नका लागि पर्याप्त पहल नभएको भन्दै उनीहरूले सुरक्षाको माग गर्दै आएका छन् ।
वेलका–१ बानडाँडाका बाढीपीडित गणेश कार्की भन्छन्, &l...
उदयपुर । चार वर्षअघि बाढीको चपेटामा परेका वेलका नगरपालिका वडा नं १ र २ का बाढीपीडित यस वर्ष पनि उच्च जोखिममा रहेका छन् । बाढीको जोखिम कम गर्नका लागि पर्याप्त पहल नभएको भन्दै उनीहरूले सुरक्षाको माग गर्दै आएका छन् ।
चार वर्षअघि बाढीको चपेटामा परेका वेलका नगरपालिका वडा नं १ र २ का बाढीपीडित यस वर्ष पनि उच्च जोखिममा रहेका छन् । बाढीको जोखिम कम गर्नका लागि पर्याप्त पहल नभएको भन्दै उनीहरूले सुरक्षाको माग गर्दै आएका छन् ।
चार वर्षअघि बाढीको चपेटामा परेका वेलका नगरपालिका वडा नं १ र २ का बाढीपीडित यस वर्ष पनि उच्च जोखिममा रहेका छन् । बाढीको जोखिम कम गर्नका लागि पर्याप्त पहल नभएको भन्दै उनीहरूले सुरक्षाको माग गर्दै आएका छन् । वेलका–१ बानडाँडाका बाढीपीडित गणेश कार्की भन्छन्, “गत चार वर्षअघि गिदेरी खोलाको कटानले घर खेत नष्ट गर्यो, तर नदी कटान नियन्त्रणका लागि तटबन्धन निर्माण हुन नसक्दा यस वर्ष पनि बाढीको चपेटामा छौँ ।” यस्तै चार वर्षअघि बेलका नगरपालिकाको वडा नं १ बानडाँडा र २ का भागलपुर क्षेत्र
मनाङ । जाडो बढ्दै गएपछि मनाङका बाढीपहिरा पीडित जोखिमयुक्त घरमा फर्किन बाध्य भएका छन् । चार महीनादेखि त्रिपालमा बसेका बाढीपीडित जाडो बढेपछि त्यसबाट सुरक्षित हुन जोखिमयुक्त घरमै भए पनि फर्किन थालेका हुन् ।
मस्र्याङ्दी नदीमा आएको बाढीको डुबान र पहिराले नासों गाउँपालिकामा मात्रै ८२ घरधुरीमा क्षति पुगेको थियो । त्यहाँका १५ घर अझै उच्च जोखिममा छन् । अविरल वर्षासँगै जेठ ३१ गते राति मस्र्याङ्दी नदी बढ्न थालेपछि नासों गाउँपालिका–१ तालगाउँ बाढीपीडित गाउँतर्फ नै फर्किएर चिसोबाट जोगिने ओत खोज्न थालेका छन् ।
राति आएको बाढीमा ज्यान जोगाउनेमध्ये एक छन् रामचन्द्र गुरुङ । ‘दुईतले घरको भुइँमा झर्दा पानी घुँडासम्म आइसकेको थियो । हारगुहार गर्दै तालडाँडासम्म पुगेर ज्यान बचाइयो । बिहान नहुँदै मेरो घर नभई तालगाउँ नदीको डुबानमा परेका थियो,’ उनले भने, ‘चार महिना हुँदासम्म पनि सुरक्षित व्यवस्थापन हुन नसक्दा डुबानमा परेको घरमा जाडोबाट जोगिन ओत यही घरमा लाग्न बाध्य भएका छौं ।’
पछिल्लो समय संघसंस्थाको सहयोगमा आएको त्रिपालमा बस्दै आएका ताल गाउँवासी बाढीले आधा भत्काएको घरमा फर्किएका छन् ।
रामचन्द्रजस्तै नगेन्द्र गुरुङको परिवार पनि त्रिपालबाट भत्किएकै घर सामान्य मर्मत गरी बस्न थालेको छ । ‘भुइँतलाको घर चार कोठाको थियो । फ्रेस हाउस र खोर पनि डुबायो,’ उनले भने, ‘एउटा कोठा काम लाग्दैन । चारओटा सबै पुरिएको छ । अरू कोठामा पसेको लेदो, गिट्टी, बालुवा फालेर बस्न थाल्यौं ।’
स्थानीय सिंहबहादुर गुरुङका अनुसार ताल गाउँका नौ घरपरिवार तालडाँडामा त्रिपालमा छन् । ताल गाउँको सबै घर डुबानमा परेको थियो । सिरान तालको सात घरसहित करीब ६० घर डुबानमा परेको नासों गाउँपालिका–१ का अध्यक्ष झलकबहादुर गुरुङले बताए । ताल गाउँका मात्रै नभएर नासों गाउँपालिका–३ धारापानी, सदरमुकाम चामेका बाढीपहिरा पीडित पनि भत्किएकै घरलाई टालटुल पारेर सामान्य मर्मत गरी बस्न थालेका छन् । गाउँपालिकाका वरिष्ठ कार्यक्रम अधिकृत गोविन्दबहादुर रानाभाटका अनुसार गाउँपालिकाभित्रका ८२ घरधुरीमा बाढीपहिराले क्षति पु¥याएको छ । ४४ घर पूर्णरूपमा क्षति भएका छन् । यस क्षेत्रका १५ घरधुरी आंशिक क्षति तर उच्च जोखिममा रहेका छन् भने न्यून जोखिमका २३ घरधुरी छन् । वरिष्ठ कार्यक्रम अधिकृत रानाभाटका अनुसार १ नं वडाको तालमा मात्रै ५९ घरमा क्षति पुगेको थियो ।
अझै पनि तालका १५ घरपरिवार छिमेकीको आश्रयमा बस्न बाध्य छन् भने ६ घरपरिवार अन्यत्रै सरेका छन् । रासस
जाडो बढ्दै गएपछि मनाङका बाढीपहिरा पीडित जोखिमयुक्त घरमा फर्किन बाध्य भएका छन् । चार महिनादेखि त्रिपालमा बसेका बाढीपीडित जाडो बढेपछि त्यसबाट सुरक्षित हुन जोखिमयुक्त घरमै भएपनि फर्किन थालेका हुन् । मस्र्याङ्दी नदीमा आएको बाढीको डुबान र पहिराले नासों गाउँपालिकामा मात्रै ८२ घरधुरीमा क्षति पुगेको थियो । त्यहाँका १५ घर अझै उच्च जोखिममा छन् ।