मोनाको फ्रेन्च कपको फाइनलमा, उपाधिका लागि पीएसजीसँग भिड्ने

एजेन्सी। सानदार पुनरागमन गरेको मोनाकोले चौथो श्रेणीको क्लब रमिली–भालियरसलाई ५–१ ले हराउँदै फ्रेन्च कपको फाइनलमा स्थान बनायो। मोनाकोले अब उपाधिका लागि पेरिस सेन्ट जर्मेन (पीएसजी)विरुद्ध खेल्नेछ। लगातार सातौं पटक फ्रेन्च कपको फाइनलमा पुगेको पीएसजी अर्को बुधबार कीर्तिमानी १४औं उपाधि जित्ने लक्ष्यमा छ। मोनाको भने छैटौं पटक उपाधि जित्न चाहन्छ। मोनाकोले पछिल्लो पटक १९९१ मा उपाधि जितेको थियो।