बंगलादेशकी पूर्वप्रधानमन्त्री खालिदा जियालाई ५ वर्ष जेल सजाय, अदालतबाटै पक्राउ

२५ माघ, काठमाडौं । बंगलादेशका पूर्वप्रधानमन्त्री खालिदा जियालाई भ्रष्टाचारको मुद्दामा ५ वर्ष जेल सजाय सुनाइएको छ । अदालतको आदेश लगतै प्रमुख विपक्षी दलकी नेत्री समेत रहेकी ७४ वर्षीया जियालाई पक्राउ गरिएको छ । बच्चाहरुका लागि विश्वभरबाट संकलन गरिएको एक करोड ६१ लाख दुरुपयोगको अभियोगमा उनी दोषी ठहर भएकी हुन् । फैसला …

सम्बन्धित सामग्री

महामन्त्री शर्माको प्रस्ताव : भ्रष्टाचारीलाई ५ वर्ष हैन २५ वर्षको जेल सजाय राखौं

काठमाडौं, १६ बैशाख । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले भ्रष्टाचारीलाई ५ वर्ष नभइ सजायको हदम्याद २५ वर्ष राख्नु पर्ने प्रस्ताव गरेका छन्। शनिबार ललितपुरमा नेपाल विद्यालय कर्मचारी परिषद्ले आयोजना गरेको कार्यक्रममा महामन्त्री शर्माले भ्रष्टाचारीलाई ५ वर्ष नभइ सजायको हदम्याद २५ वर्ष राख्नु पर्ने प्रस्ताव गरेका हुन्। उनले भने, ‘भ्रष्टाचार गरेको मान्छेले पाँच वर्ष सजायको घेरामा […]

युद्ध अपराधमा सलंग्न रहेको अभियोगमा १०१ वर्षीय गार्डलाई ५ वर्ष जेल

वर्लिन, १५ असार । जर्मनीको एक अदालतले मंगलबार पूर्वनाजी कन्सन्ट्रेसन क्याम्पका एक १०१ वर्षीय गार्डलाई पाँच वर्षको जेल सजाय सुनाएको छ । जोसेफ सुएज विश्व युद्धको समयमा युद्ध अपराधमा संलग्नताका लागि मुद्दा चलाइएका अहिलेसम्मकै वृद्ध हुन् । सुएजलाई सन् १९४२ देखि १९४५ को बीचमा बर्लिनको उत्तरी भाग ओरानिनवर्गको साचसेनहाउसेन क्याम्पमा जेल गार्डको रूपमा काम गर्दा […]

सुचीलाई भ्रष्टाचारको आरोपमा ५ वर्ष जेल सजाय

काठमाडाैं । म्यानमारको एक अदालतले प्रजातन्त्रवादी पूर्व नेतृ आङ सुचीलाई भ्रष्टाचारमा दोषी ठहर गरेको छ । पूर्व नेतृ आङ सुचीलाई भ्रष्टाचर सम्बन्धी दायर गरिएको ११ वटा मुद्धामध्ये पहिलो मुद्धामा दोषी ठहर गर्दै आज (बुधबार) ५ वर्षको जेल सजाय सुनाएको हो । राजधानी नेपाई तावमा बन्द कोठाभित्र गरिएको सुनुवाई सार्वजनिक गर्न र सञ्चारमाध्मलाई रोक लगाइएको छ […]

नक्कली भारतीय नोटको मुद्दामा नेपालीलाई ५ वर्ष जेल सजाय

भारतको विशेष एनआईए अदालतले नक्कली भारतीय नोट तस्करी गरेको अभियोगमा एक नेपाली नागरिकलाई पाँच वर्षको कैद र रु दुई हजार जरिवानाको सजाय सुनाएको छ । सन् २०१४ मा नयाँ दिल्लीको इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलबाट ती नेपाली नागरिक ४९,८८,००० भारतीय रुपैयाँ बराबरको १ हजारका नक्कली भारतीय मुद्रासहित पक्राउ परेका थिए । सन् २०१५ मा दुई अभियुक्त व्यक्तिहरु विरुद्ध आरोपपत्र दायर गरिएको थियो । पछि २०१७ मा तीन अभियुक्तहरू विरुद्ध पूरक आरोपपत्र दायर गरिएको थियो। यस वर्षको सुरुमा एनआईए विशेष अदालतले य

चारा घोटाला कान्ड : लालु यादवलाई ५ वर्ष जेल सजाय

विहार–विहारका पूर्व मुख्यमन्त्री तथा आरजेडीका नेता लालु यादवलाई पाँचौ चारा घोटला कान्डमा अदालतले ५ वर्ष जेल सजाय सुनाएको छ । विशेष अदालतले सोमबार यादवलाई ६० लाख भारु जरिवाना समेत तोकेको छ ।लालुलाई अदालतले १५ जनवरीमा दोषी ठहर गरेको थियो । सो कान्डमा तानिएका ९९ जनामध्ये २४ जनालाई अदालतले सफाइ दिएको दिएको थियो । त्यस्तै, ४६ दोषीलाई तीन वर्ष जेल सजाय सुनाइएको थियो । यसअघि चार ओटै चारा घोटला कान्डमा उनी दोषी ठहर भएका थिए ।

लालु यादवलाई ‘चारा घोटाला’ प्रकरणमा थप ५ वर्ष जेल र ६० लाख भारु जरिवाना

एजेन्सी, ९ फागुन। राष्ट्रिय जनता दलका प्रमुख तथा बिहारका पूर्वमुख्यमन्त्री लालुप्रसाद यादवलाई थप ५ वर्ष जेल सजाय सुनाइएको छ । झारखण्डस्थित सीबीआईको विशेष अदालतले ‘चारा घोटाला’ प्रकरणमा लालु यादवलाई ५ वर्ष जेल र ६० लाख भारु जरिवाना पनि सुनाएको हो । झारखण्डसँग सम्बन्धित दाना र पशुपालन घोटालाको यो पाचौं प्रकरण थियो । फेब्रुअरी १५ मै […]

साउदी महिलाअधिकारकर्मीलाई ५ वर्ष जेल सजाय

साउदी अरबको एक अदालतले एक जना महिला अधिकारकर्मीलाई जेल सजायको फैसला गरेको छ । चर्चित अधिकारकर्मी लौजैन अल हथलौललाई अदालतले सोमबार ५ वर्ष ८ महिनाको जेल सजाय तोकेको हो ।

सांसद मनाङेलाई ५ वर्ष जेल सजाय

सर्वोच्च अदालतले दीपक मनाङे (राजीव गुरुङ) विरुद्ध तत्कालीन पुनरावेदन अदालत, पाटनले तोेकेको ५ वर्ष जेल सजाय सदर गरेको छ । २०६४ सालमा पुनरावेदन अदालत (हाल उच्च अदालत) पाटनबाट मनाङेलाई ज्यान मार्ने उद्योगमा ५ वर्ष जेल सजाय फैसला भएको थियो । मनाङे प्रदेशसभा सदस्यमा निर्वाचित भएका छन्।

दीपक मनाङ्गेलाई ५ वर्ष जेल सजाय, गणेश लामाले सफाइ पाए

२ माघ, काठमाडौं । सर्वोच्च अदालतले प्रदेशसभा सदस्य दीपक मनाङ्गेलाई ज्यान मुद्दामा ५ वर्ष जेल सजाय सुनाएको छ । तत्कालीन पुनरावेदन अदालत पाटनले गरेको फैसलालाई सर्वोच्चले सदर गरेको हो ।